राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय अनुगमनमा पुग्यो सरकारी टोली, तस्बिरहरू
सारांश
- सरकारी टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय अनुगमन गरेको छ।
- अनुगमन समितिले निर्वाचनको वातावरण बनाउने उद्देश्यले पार्टी कार्यालयहरूको अनुगमन गरेको हो।
- समितिमा सञ्चारमन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारहरू पनि सहभागी छन्।
काठमाडौँ । सरकारी टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय अनुगमन गरेको छ । निर्वाचनको वातावरण बनाउने उद्देश्यका साथ सरकारी टोलीले मंगलबारदेखि पार्टी कार्यालयहरुको अनुगमन गर्दै हिँडेकामा बुधबार पनि त्यसलाई निरन्तरता दिइएको हो ।
जसअनुसार बिहान ११ बजे जनमत पार्टीको कार्यालय अनुगमन गरिएकोमा १ बजे राप्रपा र ३ बजे रास्वपाको कार्यालय अनुगमनका साथै नेताहरूसँग छलफल गरिएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।
उद्योग, पर्यटन र कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित अनुगमन समितिमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल छन् ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको भन्दै सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीब्रता दिएको हो ।
सरकारी टोली रास्वपाको कार्यालय अनुगमनमा पुग्दाका तस्बिरहरु-
_Nc1uLNXybg.jpg)
_iYh7KucZmk.jpg)
_I935pgwEUa.jpg)
_HioShsexbI.jpg)
_Z3hZydZWSU.jpg)
_36pxLn7liP.jpg)
_ANGooP4M3b.jpg)
_OuaKqOSJgM.jpg)
_Uvlu48gvdg.jpg)
_gWjHxBlegl.jpg)
_Ek8ntjGrD6.jpg)
_oQ9hUJje8e.jpg)
_tPGQLen89C.jpg)
_T8YpzVkmYf.jpg)
_doRqjphBFL.jpg)
_t92H0TJYnv.jpg)
_u3RvaBaT44.jpg)
_34BcQrdKoF.jpg)
_OP56zVj5Vq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण