राजनीति
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति, हस्ताक्षरको तयारी
बुधबार, ०९ पुस २०८२, १८ : ११
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालबिच एकता गर्ने सहमति भएको छ ।
बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबिच एकता गर्ने सहमति भएकाे राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले रातोपाटीलाई बताए । बैठकमा दुवै पार्टीका नेताहरु सहभागी थिए ।
पार्टीमा थापाको सम्मानजनक सहभागिता रहने बताइएको छ । उनीहरूबिच आजै सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।
गत महाधिवेशनमा पराजित भएपछि थापाले राप्रपा छोडेका थिए।आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । सोही निर्वाचनको मुखमा एकताको सहमति भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण