अपडेट
दुई राप्रपा एक हुँदै, १६ गते एकता घोषणा
बुधबार, ०९ पुस २०८२, १९ : ०४
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबिच एकता गर्ने सहमति भएको छ।
राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीका अनुसार पार्टी एकताको घोषणा सभा पुस १६ गते राष्ट्रियसभा गृहमा हुनेछ।
उक्त सहमतिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
पार्टीमा थापाको सम्मानजनक सहभागिता रहने बताइएको छ ।
गत महाधिवेशनमा पराजित भएपछि थापाले राप्रपा छोडेका थिए।आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।
सोही निर्वाचनको मुखमा एकताको सहमति भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण