डिजिटल कारोबारमा गरिमा विकास बैंक सम्मानित
बुधबार, ०९ पुस २०८२, २२ : ४६
सारांश
- गरिमा विकास बैंक डिजिटल बैंकिङ कारोबारमा उत्कृष्ट प्रदर्शन गर्दै सम्मानित भयो।
- बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको वार्षिकोत्सवमा दुई अवार्ड प्राप्त गर्यो।
- बैंकले आर्थिक वर्ष २०८१/८२ मा डिजिटल र क्यूआर कारोबारमा उत्कृष्ट स्थान हासिल गर्यो।
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड डिजिटल बैंकिङ कारोबारमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मानित भएको छ । मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकलाई 'Excellence in Digital Transactions FY 2081/82' र 'Excellence in Nepalpay QR Transaction FY 2081/82' अवार्ड प्रदान गरिएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा विकास बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरेबापत गरिमाले यी अवार्ड प्राप्त गरेको हो । काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले अवार्ड ग्रहण गरेका थिए ।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा र ५१ एटिएममार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण