बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२

बिहीबार, १० पुस २०८२, ०० : २५
बिहीबार, १० पुस २०८२

सारांश

  • निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ जारी ग¥यो, जसले आगामी निर्वाचनलाई निर्देशित गर्नेछ।
  • आचारसंहिताले स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
  • नयाँ आचारसंहिताले पुरानो आचारसंहितालाई खारेज गरेको छ र उल्लंघन गर्नेलाई कारबाही गरिनेछ।

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिता जारी गरेको हो ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिता–२०८२ जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरिएको हो ।

आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ । जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप