सिरहामा बालिका हत्या: तीन सातासम्म दोषीको पहिचान भएन
सारांश
- सिरहामा एक बालिकाको हत्या भएको तीन साता बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन।
- मृतकका परिवारले न्यायको लागि आग्रह गरिरहेका छन्, र स्थानीय बासिन्दामा आक्रोश बढेको छ।
- प्रहरीले अनुसन्धान जारी राखेको छ र चाँडै दोषी पत्ता लगाउने प्रयास गरिरहेको छ।
सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ ।
गत मङ्सिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो । घटनापछि हालसम्म मुख्य अभियुक्त पत्ता नलाग्दा पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।
मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताइन् । उनले भनिन्, “छोरी गुमाएको पीडा त छँदै छ, तर दोषी नसमातिँदा झन् ठुलो अन्याय भएको महसुस भइरहेको छ । पहुँच भएकाहरूको कुरा तुरुन्तै सुनिन्छ, हामीजस्ताको आवाज कसैले सुन्दैन ।”
स्थानीयका अनुसार बालिकाको शव अर्धनग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । यस विषयमा कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले प्रहरीको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै भने, “तीन साता बितिसक्दा दोषीको पहिचान नहुनु गम्भीर विषय हो । दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्छ ।”
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले अनुसन्धान जारी रहेको बताए । यस विषयमा उनले प्रस्ट पार्दै भने, “घटनाको प्रकृति गम्भीर भएकाले विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको छ । प्रमाणका आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयासमा छौँ ।”
दोषी पक्राउको माग गर्दै स्थानीयले आन्दोलनसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण