नेपाल आएकी थाइ नागरिकको पेटबाट निकालियो २९ वटा क्याप्सुल कोकिन
काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र लुकाएर कोकिन तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ।
लाओसबाट बैंककबाट काठमाडौँ आएकी ती महिलाको पेटबाट प्रहरीले २९ वटा कोकिनका क्याप्सुल निकालेको हो। पक्राउ पर्नेमा थाइल्याण्डकी नागरिक ४४ वर्षीया रुसानी कामा रहेकी छिन्।
ब्युराेको प्रहरी नायव उपरीक्षक जीवन निरौलाले बिहीबार दिएको जानकारी अनुसार कामा थाइ लायन एयरको उडान मार्फत काठमाडौँ अवतरण गरेकी थिइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नियमित चेकजाँचका क्रममा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक खानतलासीका क्रममा उनको साथमा रहेको झोलाभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा खैरो रंको टेपले बेरिएको १२ वटा क्याप्सुल फेला परेको थियो।
उनको साथबाट कोकिन बरामद भएपछि प्रहरीले पेटभित्र पनि लागूऔषध निलेर ल्याएको हुनसक्ने आशंका गरेको थियो। सोही आधारमा उनलाई तत्काल नेपाल प्रहरी अस्पताल महाराजगन्ज लगिएको थियो।
अस्पतालमा सिटी स्क्यान गर्दा उनको पेटमा शंकास्पद वस्तु देखिएको थियो। त्यसपछि अस्पतालमा उनको पेटबाट थप २९ वटा क्याप्सुल निकालिएको ब्युरोले जनाएको छ।
प्रहरीले निजको साथबाट बरामद गरेको १२ वटा र पेटबाट निकालिएको २९ वटा गरी जम्मा ४१ वटा क्याप्सुल बरामद गरेको छ। बरामद गरिएको कोकिनको कुल तौल ५५० ग्राम रहेको प्रहरीले पुष्टि गरेको छ।
पक्राउ परेकी थाइ नागरिकमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण