मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

बालेनसँगको छलफलबाट बाहिरिए रास्वपा नेताद्वय शिशिर र असिम

अमरेश पनि बाहिरिए
बिहीबार, १० पुस २०८२, १६ : १५
बिहीबार, १० पुस २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल र असिम साह काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफलबाट बाहिरिएका छन् ।

निवर्तमान सांसद अमरेश कुमार सिंह पनि बैठकस्थलबाट बाहिरिएका छन् । स्रोतका अनुसार पूर्व प्रधानमन्त्री डा‍. बाबुराम भट्टराई पनि बैठकस्थल आउँदैछन् । 

यसअघि रास्वपाका सभापति रवि लामिछानेले बालेनसँग छलफल गरेका थिए । लामिछानेका अनुसार बालेनसँगको छलफल सकारात्मक भएको थियो ।

ललितपुरस्थित बालेन निकट कुमार बेनको घरमा अहिले बालेनले सुदन गुरुङ लगायतसँग छलफल गरिरहेका छन् ।

आजै साँझ रवि र बालेनबिच फेरि भेटवार्ता हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप