अपडेट
रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने
बिहीबार, १० पुस २०८२, १६ : ३७
सारांश
- रमेश लेखक, जो भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा गृहमन्त्री थिए, जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन्।
- नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकपछि लेखकले आफू सोमबार आयोगमा बयान दिने बताएका हुन्।
- लेखकले आयोगले बोलाएको र आफूले सोमबार बयान दिन जाने जानकारी गराएको बताए।
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले आफू सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।
‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु,’ लेखकले पत्रकारहरूसँग भने, ‘उहाँहरू (आयोग) ले शुक्रबारका लागि बोलाउनुभएको रहेछ । म सोमबार जाने निर्णय गरेको छु ।’
आफूले आयोगलाई सोमबार बयान दिन आउने जानकारी गराइसकेको लेखकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण