नयाँ वर्षमा आक्रमण योजना बनाएका ११५ जना आईएस संदिग्ध पक्राउ
इस्तानबुल । टर्कीका अधिकारीहरूले इस्लामिक स्टेट समूहका १०० भन्दा बढी संदिग्ध सदस्यहरूलाई पक्राउ गरेका छन् । आफूहरूले क्रिसमस र नयाँ वर्षमा योजनाबद्ध आक्रमणहरूलाई विफल पारेको उनीहरूले बताएका छन् ।
इस्तानबुलभरि १२४ ठेगानाहरूमा सामूहिक छापा मारिएको थियो, जसमा बन्दुक, गोलाबारुद र 'संगठनात्मक कागजातहरू' जफत गरिएको राजधानीका प्रमुख अभियोजकले भनेका छन् । आईएस समर्थकहरूले यस हप्ता विशेषगरी गैरमुस्लिमहरू विरुद्ध टर्कीभरि सक्रिय रूपमा आक्रमणको योजना बनाइरहेका अधिकारीहरूले बताएका छन् ।
प्रहरीले ११५ जना संदिग्धहरूलाई पक्राउ गरेको तर थप २२ जनालाई पत्ता लगाउने प्रयास जारी रहेको एक आधिकारिक विज्ञप्तिमा भनिएको छ । संदिग्धहरू टर्की बाहिरका आईएस कार्यकर्ताहरूसँग सम्पर्कमा रहेको बताइएको छ ।
टर्कीका गुप्तचर एजेन्टहरूले अफगानिस्तान–पाकिस्तान सीमामा सक्रिय समूहविरुद्ध छापा मारेको दुई दिनपछि यो घोषणा आएको हो । यस क्षेत्रमा सक्रिय आईएस विंगसँग भूमिका खेलेको आरोपमा एक टर्की नागरिकलाई पनि पक्राउ गरिएको थियो । उनीमाथि नागरिकहरू विरुद्ध आक्रमणको योजना बनाएको आरोप लगाइएको थियो ।
टर्कीका सुरक्षा सेवाहरूले नियमित रूपमा आईएससँग सम्बन्धित शंकास्पद व्यक्तिहरूलाई निशाना बनाइरहेको छ । टर्की सरकारसँग नजिकको सम्बन्ध रहेका सिरियाका राष्ट्रपति अहमद अल–शाराले आईएसका सलबलाइरहेका तत्त्वहरूलाई उखेल्न अमेरिका र युरोपसँग मिलेर काम गर्ने बाचा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण