५ वर्षपछि भारतीय सेनाका जवानलाई सीमित सामाजिक सञ्जाल प्रयोगको अनुमति
शुक्रबार, ११ पुस २०८२, ०४ : ११
सारांश
- भारतीय सेनाका जवानहरूलाई पाँच वर्षपछि सामाजिक सञ्जाल एप प्रयोग गर्न अनुमति दिइएको छ।
- नयाँ निर्देशनअनुसार, जवानहरूले इन्स्टाग्राममा रिलहरू हेर्न सक्नेछन् तर लाइक र कमेन्ट गर्न पाउने छैनन्।
- युट्युब र एक्स एपको प्रयोग सूचना र जानकारी लिनका लागि मात्र गर्न सकिनेछ।
काठमाडाैँ। भारतीय सेनाका जवानहरूलाई पाँच वर्षपछि सामाजिक सञ्जाल (सोसल मिडिया) एप प्रयोग गर्न अनुमति दिइएको छ । तर, यसका लागि केही कडा सर्तहरू लागू गरिएका छन् ।
नयाँ निर्देशनअनुसार जवानहरूले इन्स्टाग्राममा रील, फोटो र भिडियो हेर्न सक्नेछन्, तर लाइक र कमेन्ट गर्न भने पाउने छैनन् । त्यस्तै, ह्वाट्सएप र टेलिग्रामजस्ता एपमार्फत गैर–गोपनीय जानकारी मात्र साझा गर्न अनुमति दिइएको छ।
युट्युब र एक्स एपको प्रयोग सूचना र जानकारी लिनका लागि मात्र गर्न सकिनेछ । साथै, लिक्डइन, स्काइप र सिग्नल एप प्रयोगका लागि पनि छुट्टै गाइडलाइन जारी गरिएको छ ।
सन् २०२० मा संवेदनशील जानकारी चुहिने जोखिम र हनीट्र्यापका घटनाहरू बढेपछि सरकारले सेनाका जवान र अधिकारीहरूलाई फेसबुक, इन्स्टाग्राम, टिकटक, जुम, पब्जी लगायत ८९ वटा एप हटाउन निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण