‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’मा सुशील र अञ्जनाको छमछमी
काठमाडौँ । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक भएको छ । निर्माण टिमले क्रिसमसको अवसर पारेर सार्वजनिक गरेको गीतमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराइली छमछमी नाचेका छन् । गीतमा दुवैको केमेस्ट्री सुहाउँदो छ ।
गीतको भिडियो रामजी लामिछानेको कोरियोग्राफी छ । शिव ढकालको छायाङ्कन, एसडी योगी र रेश्मा पुनको स्वर रहेको गीतमा संगीत गायक योगी कै छ । गीतको शब्द मौसम अर्यालले लेखेका हुन् ।
विजय केरुङ निर्देशित फिल्म दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेता सुशील श्रेष्ठ,अभिनेत्री अञ्जना बराइलीका अलवा सरोज खनाल,करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भूमिका छ ।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्मलाई विजय केरूङले निर्देशन गरेका हुन् । दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवं अधिकारीले लेखेका हुन् । बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत रहेको फिल्ममा द्वन्द्व श्री श्रेष्ठको छ । फिल्मलाई आर आर फिल्मस्ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण