टर्कीले सुरु गर्यो विमान दुर्घटनाको अनुसन्धान
सारांश
- टर्कीमा भएको विमान दुर्घटनामा लिबियाली सैन्य प्रमुखसहित आठ जनाको मृत्यु भएको छ, अनुसन्धान सुरु भयो।
- दुर्घटनामा लिबियाली सैन्य प्रमुख जनरल मुहम्मद अली अहमद अल-हद्दाद सहित अन्य सैन्य अधिकारी र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो।
- टर्की र लिबियाबीचको सैन्य सहयोगबारे छलफलपछि फर्किंदै गर्दा विमान दुर्घटना भएको थियो, उद्धार कार्य जटिल बनेको थियो।
अंकारा । लिबियाली सैन्य प्रमुखसहित आठ जनाको मृत्यु भएको विमान दुर्घटनाको अनुसन्धान सुरु भएको छ । विज्ञहरूले टर्कीमा भएको विमान दुर्घटनाबाट बरामद गरिएको ब्ल्याक बक्सको जाँच सुरु गरेको टर्कीको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । लिबियाली अधिकारीहरूसँगको सहकार्यमा अनुसन्धान भइरहेको बताइएको छ ।
मंगलबार टर्कीको राजधानी अंकाराबाट उडान भरेपछि पश्चिमी लिबियाली सैन्य प्रमुख जनरल मुहम्मद अली अहमद अल–हद्दाद, अन्य चार सैन्य अधिकारी र तीन चालक दलका सदस्यहरू बोकेको निजी विमान दुर्घटनाग्रस्त भएको थियो । यस घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ ।
एपीको समाचारका अनुसार लिबियाली अधिकारीहरूले प्राविधिक खराबीका कारण दुर्घटना भएको बताएका छन् । अल–हद्दाद पश्चिमी लिबियाका एक शीर्ष सैन्य कमाण्डर थिए र लिबियाली सेनालाई एकताबद्ध गर्न संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गरिएको प्रयासमा प्रमुख भूमिका खेलेका थिए ।
टर्की र लिबिया बिचको सैन्य सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले अंकारामा रक्षा वार्ता गरेपछि उच्चस्तरीय लिबियाली प्रतिनिधिमण्डल लिबियाको राजधानी त्रिपोली फर्किरहेको थियो। टर्कीका गृहमन्त्री अली येर्लिकायका अनुसार ३ वर्ग किलोमिटर (एक वर्ग माइलभन्दा बढी) क्षेत्रमा विमानको भग्नावशेष छरिएको थियो, जसले गर्दा उद्धार प्रयासहरू जटिल भएका थिए ।
जहाजमा मारिएका पाँच जना परिवारका सदस्यहरूसहित २२ जनाको प्रतिनिधिमण्डल बुधबार बिहान लिबियाबाट अनुसन्धानमा सहयोग गर्न आइपुगेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण