छोरीमाथि ‘बडी सेमिङ’ हुन थालेपछि करिश्माले दिइन् कारबाहीको चेतावनी
सारांश
- अभिनेत्री करिश्मा मानन्धरले छोरी कविताको शारीरिक बनावटबारे सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति आपत्ति जनाइन्।
- उनले छोरीमाथि हुने बडी-सेमिङका टिप्पणीहरूलाई लिएर प्रश्न गर्दै कानुनी कारबाहीको चेतावनी दिइन्।
- मानन्धरले छोरीको तुलना आफूसँग नगर्न र यस किसिमका गतिविधिले मानसिक क्षति पुर्याए कानुनी बाटो रोज्ने बताइन्।
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो छोरी कविताको शरीरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आएपछि आक्रोश पोखेकी छिन् । उनले सामाजिक सञ्जालमा एक लामो स्ट्याटस पोस्ट गर्दै कानुनी कारबाहीको चेतावनी समेत दिएकी छन् ।
‘मेरो छोरीमाथि बारम्बार बडी–सेमिङका टिप्पणीहरू गरिन्छ । उसको परिस्थिति के हो ? उसले के भोगिरहेकी छ ? यी कुरा नबुझी कसरी कसैको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउन सकिन्छ ?’ उनले प्रश्न गरेकी छन् ।
उनले आफूसँग उनको तुलना गर्न नमिल्ने भन्दै अगाडि लेख्छिन्, ‘मसँग उसको तुलना गरेर टिप्पणी गर्नु कस्तो सोचको उपज हो ? गल्ती कहाँ भयो ? आफ्नो सन्तानप्रति सचेत हुनु मेरो अपराध हो ? आफूप्रति सचेत रहनु मेरो अपराध हो ?’
उनी आफ्नो सहनशीलताको सीमा भएको बताउँदै यस्ता गतिविधिले आफू र आफ्नो परिवारलाई मानसिक क्षति पुर्यायो भने कानुनी बाटो अपनाउने बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण