ओलीलाई सञ्चारमन्त्रीले भने– सुरक्षाको वातावरण पहिलाको तुलनामा राम्रो छ
सारांश
- सरकारले नेकपा एमालेलाई चुनावी सुरक्षाको बारेमा चिन्ता नगर्न आग्रह गरेको छ।
- मन्त्री खरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निर्वाचनको वातावरण बनाउन छलफल गरे।
- ओलीले सुरक्षा चुनौती रहेको बताएका थिए, तर सरकारले चुनावको वातावरण बनाउन प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । सरकारले नेकपा एमालेलाई सरकारले चुनावी सुरक्षा मजबुत बनाएको भन्दै भोट माग्ने र भोट हाल्ने अवस्थामा चिन्ता नगर्न आश्वस्त पार्ने प्रयास गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भेटेर चुनावका लागि एमालेले गर्दै आएको सुरक्षा चिन्ता हटाउन आग्रह गरेका हुन् ।
‘हामीले मुख्य राजनीतिक दलहरूकै कार्यालयमा गएर पनि वार्ता गर्यौँ ।आज मुख्य गरी तीन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावको वातावरण बनाउने सवालमा कुराकानी भयो’, प्रवक्ता खरेलले भने, ‘ नेकपा एमालेका अध्यक्षसँग सरकारका तर्फबाट चुनावको वातावरण बनेको छ, सुरक्षा मजबुती भएको छ । सबै कुरा सरकारले तयारी गरेको कुरा जानकारी गराएँ ।’
ओलीसँगको भेटपछि मन्त्री खरेलले निर्वाचन आयोग पनि चुनाव गर्न तयारी अवस्थामा छ र आम जनता पनि तयार भएको अवस्थामा एमालेलाई चुनावका लागि थप प्रोत्साहित गर्न अध्यक्षलाई भेटेको बताए ।
‘मैले निर्वाचनको विरोध नगरेकोमा र हामी भाग्दैनौ स्विकार्छौ भन्ने एमालेको भनाइमा धन्यवाद पनि दिएँ’, खरेलले भने । उनले निर्वाचनको वातावरण बनेकाले एमालेलाई ढुक्कसँग चुनावी गतिविधि गर्न आग्रह समेत गरेको बताए ।
जवाफमा ओलीले सुरक्षा अझै कायम रहेको बताएका थिए ।‘चुनौती अझै छ, वातावरण बनाउनुपर्यो भन्ने कुरा राख्नुभएको छ’, मन्त्री खरेलले ओलीको भनाई उद्धृत गर्दै भने, ‘यो कुरा ठिक छ । सुरक्षा वातावरण बनाउ भन्नुलाई सरकारले मान्नुपर्छ, स्वीकार्नुपर्छ ।’ उनले वातावरण बनाउनु सरकारको दायित्व भएको भन्दै एउटा लोकतान्त्रिक पार्टी चुनावमा जानुपर्छ भन्ने सैद्धान्तिक मान्यताबाट पछि नहट्ने विश्वास व्यक्त गरे ।
‘सुरक्षाको वातावरण पहिलाको तुलनामा राम्रो भएको छ, भोट माग्ने र भोट हाल्ने दुवै अवस्था सुरक्षित रुपमा गराउने कुरामा सरकार प्रतिबद्ध छ’, खरेलको भनाइ छ । मन्त्री खरेलले ओलीपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण