काठमाडौँ महानगरको खर्च ६ महिनामा १८.४९ प्रतिशत मात्र
शुक्रबार, ११ पुस २०८२, १४ : १४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को पुस ९ गतेसम्मको खर्च विवरण सार्वजनिक गरेको छ । आज भएको काठमाडौँ महानगरपालिकाको १८ औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले नगर सभामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार जम्मा १८.४९ प्रतिशत खर्च भएको हो ।
कुल २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेटमध्ये हालसम्म ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपै मात्र खर्च भएको उनले जानकारी दिएकी छिन् ।
खर्चको प्रकृति हेर्दा चालू तर्फ २४.४४ प्रतिशत र पुँजीगत विकास तर्फ १२.३९ प्रतिशत खर्च भएको देखिन्छ । सबैभन्दा बढी खर्च प्रशासनिक क्षेत्रमा ४५.९९ प्रतिशत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण