६० केजी सुन तस्करी मुद्दा : चौथो पटक सुनुवाइ स्थगित
सारांश
- ६० केजी सुन तस्करी मुद्दाको सुनुवाइ चौथो पटक स्थगित भएको छ, जसमा कानुन व्यवसायीले स्थगित गराए।
- सुन तस्करीमा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिहरूको निवेदनमा सुनुवाइ हुन सकेको छैन।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन प्रकरणमा उनीहरूले सर्वोच्चमा निवेदन दिएका हुन्।
काठमाडौँ । ६० केजी सुन तस्करी सम्बन्धी मुद्दामा चौथो पटक सुनुवाइ स्थगित भएको छ । बुधबार सर्वोच्च अदालतका नन्यायाधीशद्वय कुमार रेग्मी र मेघराज ढकालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएकोमा मुद्दाका प्रत्यार्थीका कानुन व्यवसायीले स्थगित गराएका हुन् ।
सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक गेन्जा झाछी, मिङसिङ टेरेन्स सी, मनोजराज श्रेष्ठ, भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयलले दिएको निवेदनमा चार पटक पेसी तोकेर पनि सुनुवाइ हुन सकेन ।
यसअघि २०८१ चैत १५ मा पहिलो पटक न्यायाधीशद्वय कुमार चुडाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएकोमा निवेदक पक्षका कानुन व्यवसायीले स्थगित गराएका थिए । २०८२ वैशाख ५ गते तोकिएको पेसीमा निवेदकतर्फबाट स्थगित गराइएको थियो भने जेठ २ गते दुवै पक्षबाट सुनुवाइ स्थगित गरेको थियो ।
२०८१ असार २६ गते सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालत पाटनले पनि जिल्ला अदालतको आदेश सदर गरेपछि उनीहरू दफा ७३ को निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरूपमा भित्र्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा सुन बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम
-
पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण