सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

गोदावरीका मेयर, उपमेयरसहित ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन

शुक्रबार, ११ पुस २०८२, १७ : ०५
शुक्रबार, ११ पुस २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी सरकारी हानीनोक्सानी पुर्‍याएको अभियोगमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारीसहित ९ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतले मेयर महर्जनसहितलाई सफाइ दिने फैसला गरेपछि सो उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । 

आर्थिक वर्ष २०७५/०७६ देखि ०७९/०८० को अवधिमा खानीजन्य ढुंगा गिट्टी र बालुवाको टेण्डर लगाउँदा सरकारी दर भन्दा कमगरी एक अर्ब चार करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

महर्जनसहित तत्कालीन प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि र ठेकेदारसमेतलाई अख्तियारले प्रतिवादी बनाएको छ ।

राजस्व चुहावट गरी खानीजन्य पदार्थका रूपमा रहेका ढुंगागिट्टी बालुवासहितका बस्तु सरकारी दररेट कममा ठेक्का लगाइ हिनामिना गरेको कसुरमा अख्तियारले मुद्दा दायर गरेको बताए ।

प्रतिवादी बनाइएका मेयर महर्जन नेपाली कांग्रेसबाट निर्वाचित हुन् । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप