‘त्यही केटा’सँग बिहे गर्छु भन्दै जब युवती बिजुलीको पोलमा चढिन्...
सारांश
- मेरठकी एक युवतीले विवाह रद्द भएपछि बिजुलीको पोलमा चढेर प्रेमीसँग बिहे गर्न दबाब दिइन्।
- युवतीले आफूलाई प्रेमीसँग विवाह गर्न परिवारले नमानेपछि बिजुलीको पोलमा चढेर धम्की दिएकी थिइन्।
- प्रहरीले युवती र युवकको परिवारलाई परामर्श दिइरहेको छ र विवाहको विषय गोप्य राखिएको छ।
काठमाडौँ । बिहे गर्ने टुङ्गो लागिसकेर पनि अचानक रद्द भएपछि एक युवतीले गाउँकै बिजुलीको पोलमा चढेर ‘त्यही केटा’सँग बिहेका लागि दबाब बढाएकी छन् ।
भारतको उत्तर प्रदेश राज्यको मेरठमा यस्तो घटना भएको हो । मेरठ सिटीका एसपी आयुष विक्रम सिंहले लामो प्रयासपछि ती युवतीलाई बिजुलीको पोलबाट उतार्न सफल भएको बताए ।
के भएको थियो घटना ?
दौराला थाना अन्तर्गत मवीमीरा गाउँ निवासी ती युवतीको लावड गाउँ निवासी एक युवकसँग बिहे हुने निधो भएको थियो । पारिवारिक सहमतिमै बिहेको टुङ्गो लागे पनि केही दिनपछि कुनै कारणवस दुवैको विवाह नहुने भएको थियो ।
बिहे रद्द हुने भएपछि दुःखी बनेकी युवतीले त्यही केटासँग बिहे गराइदिन परिवारसमक्ष बारम्बार आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । परिवारले आफ्नो कुरा नसुनेपछि ती युवती घरबाट निस्किएर नजिकै रहेको विद्युत् पोलमा चढेकी थिइन् ।
उनी विद्युत् पोलमा चढेपछि गाउँलेका साथै परिवारका सदस्यसमेत जम्मा भएर उत्रिन आग्रह गरे । तर ती युवतीले त्यही केटासँग बिहे गराइदिनुपर्ने माग राखिन् । बिहे हुन नदिने भए आफू पोलबाट हामफाल्ने चेतावनी दिएपछि प्रहरीसहितको उपस्थितिमा उनको माग पूरा गर्ने प्रतिबद्धता जनाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
एसपी सिंहका अनुसार दुवै पक्षका परिवारसँग यसबारे काउन्सिलिङ भइरहेको छ । प्रहरीले ती युवती र उनको बिहेको कुरा चलेको युवकको परिचय भने गोप्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण