रिलायन्सको आईपीओमा ऐतिहासिक रेकर्ड : ३३ गुणा बढी आवेदन
काठमाडौँ । नेपालको सबैभन्दा ठुलो रोजगारदाता र निर्यातमूलक कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आम–सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ ।
कूल ९ लाख २४ हजार ७६८ कित्ताको लागि खुला गरिएकोमा अन्तिम समय शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ ।
आवेदकबाट २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँ जम्मा भएको छ । नेपालको पूँजी बजारमा यो आवेदन संख्या र सङ्कलित रकम सम्भवतः हालसम्मकै बढी हो ।
कम्पनीले पुस ७ गते निष्काशित आईपीओको सबैभन्दा ठुलो हिस्सा (आम–सर्वसाधारणतर्फ) को आवेदन खुला गरेको थियो । पुस ११ सम्म पूर्ण आवेदन नपरेमा पुस २१ सम्म अवधि लम्बिने भए पनि मागभन्दा अत्यधिक धेरै आवेदन परेपछि आवेदन अवधि लम्ब्याइएन ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रवन्धकत्वमा खुलेको आईपीओमा पहिलो दिनको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’ भएको थियो । त्यसपछि पनि लगानीकर्ताको आकर्षणमा कुनै कमी आएन । अन्ततः यसले नेपाली पूँजी बजारमा नयाँ इतिहास रच्यो ।
कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गरेको छ ।
बुक विल्डिङ विधिबाट प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताको लागि बाँडफाँट भइसकेको छ ।
सर्वसाधारण समूहमा निष्काशन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम–सर्वसाधारणका लागि खुलेको हो ।
वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ यसअघि नै करिब १७ गुणा बढी आवेदन परेकोमा सेयर बाँडफाँट भइसकेको छ । यसले तीन दशक लामो इतिहास बोकेको रिलायन्स स्पिनिङ मिल्सको सेयरधनी हुन लगानीकर्ताहरू निकै लालायित र उत्साही रहेको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण