स्मार्ट मिटर : थप ३० लाख ग्राहकलाई समेट्ने तयारीमा प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ लाख ४० हजार ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान गरेको छ । काठमाडौं उपत्यका लगायत अन्य क्षेत्रमा समेत गरी अहिलेसम्म २ लाख ४० हजार ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले २०७७ साउनदेखि घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको थियो । जसमा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका ग्राहकको घरबाट जडान सुरु गरेको थियो ।
स्मार्ट मिटरिङ आयोजनाका लागि एसियाली विकास बैंकको ऋण लगानी रहेको छ । प्राधिकरणले काठमाडौं, ललितपुर र भक्तपुरका सबै वितरण केन्द्रका ग्राहकको घरमा पनि स्मार्ट मिटर जडान गर्ने तयारी छ । प्राधिकरणले सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न लागेको पाँच वर्ष भइसकेको छ । पछिल्लो पाँच वर्षमा प्राधिकरणले २ लाख बढी ग्राहकको घरमा स्मार्ट मिटर जडान गरी अपग्रेड गर्ने थालेको छ ।
काठमाडौं उपत्यका र धेरै लोड हुने तराईका जिल्लामा ग्राहकहरुको सामान्य विद्युत मिटरलाई स्मार्ट मिटरमा स्तरोन्नति गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले पहिलो चरणमा उपत्यका, औद्योगिक क्षेत्रसहित लोड बढी हुने जिल्लामा स्मार्ट मिटर जडान गरिरहेको छ । उक्त क्षेत्रमा पुराना मिटर विस्थापित गरेपछि प्राधिकरणले अन्य क्षेत्रमा पनि स्मार्ट मिटर जडानको योजना बनाएको छ ।
मुलकभर करिब ५० लाख सिंगल फेजका ग्राहकका सिंगल फेज र थ्री फेजका मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने प्राधिकरणको तयारी छ । दुईवटा आयोजनाहरुमा करिब स्मार्ट मिटर जडान सकिएको प्राधिकरणले जानकारी दिएको छ । रत्नपार्क वितरण केन्द्रका ४६ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान भएको छ । महाराजगञ्ज वितरण केन्द्रका १ लाख ८ हजार ग्राहकहरुको घरमा स्मार्ट मिटर जडान गरेको छ ।
प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका विभिन्न क्षेत्रमा अझै निरन्तर रुपमा स्मार्ट मिटर जडान गरिरहेको प्राधिकरण स्मार्ट मिटर रिडिङ तथा अटोमेसन विभाग प्रमुख रञ्जु पाण्डेले बताइन् । उनले प्राधिकरणले अहिलेसम्म २ लाख ४० हजार थान थ्री फेज स्मार्ट मिटर जडान र व्यवस्थापनको प्रक्रियामा रहेको जानकारी दिइन् । प्राधिकरणले ७२ हजार थ्री फेज मिटरलाई हटाएर स्मार्ट जडान गरिको उनको भनाइ छ ।

‘अहिले देशैभर स्मार्ट मिटर जडानको कार्य भइरहेको छ । प्राधिकरणले स्मार्ट मिटर जडानलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ उनले भनिन् ।
उनले ८ हजार थ्री फेज मिटर जसमा ७ हजार होल करेन्ट र १ हजार सिटी अपरेटेड रहेको बताइन् । प्राधिकरणका अनुसार १ लाख ६० हजार थ्री फेज मिटर छन्, जसमा १ लाख ५० हजार होल करेन्ट र १० हजार सिटी अपरेटेड छन् । प्राधिकरणले ठुला ग्राहक र व्यावसायिक क्षेत्रमा थ्री फेज स्मार्ट मिटरलाई विशेष प्राथमिकता दिएको छ ।
स्मार्ट मिटर जडान भएका ग्राहकको घरमा प्राधिकरणले एसएमएस मार्फत खपत भएको विद्युतको बिल पठाउने गरेको छ । स्मार्ट मिटर जडानपछि ग्राहक र प्राधिकरणलाई नै फाइदा भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।
वितरण सेवालाई आधुनिकीकरण गर्ने, वितरण चुहावटलाई घटाई प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली सञ्चालन दक्षता बढाउने उद्देश्यले स्मार्ट मिटर जडान गरिरहेको ढकालले बताए । ‘स्मार्ट मिटर जडानले प्राधिकरण डिजिटल बनेको छ । स्मार्ट मिटर जडानको कारण प्राधिकरणको लागत समेत कम भएको छ । त्यसैले अब देशैभर स्मार्ट मिटर जडानको प्राक्रियामा प्राधिकरण छ । त्यसको लागि प्राधिकरणले प्रक्रिया अघि बढाएको छ,’ उनले भने ।
प्राधिकरणका अनुसार थप ३० लाख ग्राहकहरुलाई स्मार्ट मिटरमा अपग्रेड गर्ने तयारी गरिरहेको छ । त्यसका लागि लागत तयार पार्ने काम भइरहेको छ । प्राधिकरणले बजेटका लागि एसियाली विकास बैंक (एडीबी) लाई प्रस्ताव गर्ने तयारी गरिरहेको छ ।
स्मार्ट मिटर जडानले रिडरमा व्यापक कटौती हुने
स्मार्ट मिटर राख्दा प्राधिकरणको खर्च कटौती अर्थात् लागत कम हुने देखिन्छ । तर प्राधिकरणको लागत कम हुने मात्रै नभएर केहीको रोजगारी समेत गुम्ने अवस्था देखिएको छ ।
प्राधिकरणका प्रवक्ता ढकालका अनुसार देशभर ३०० बढी मिटर रिडर छन् । स्मार्ट मिटर जडान भएपछि ग्राहकको घरमा मिटर रिडर जानु पर्दैन । त्यसले उनीहरुको रोजगारी गुम्ने अवस्था छ । तर प्राधिकरणले मिटर रिडरका लागि प्राधिकरणभित्र भन्दा पनि करारमा मानिसहरु राख्ने गरेको प्राधिकरणले जनाएको छ ।
स्मार्ट मिटर जडान भएपछि ग्राहकको घरमा मिटर रिडिङ गर्न कर्मचारी जानुपर्ने बाध्यता हट्नेछ । यसले अनलाइनबाटै रिडिङ हुने, विद्युत् चुहावट पत्ता लाग्ने र माग अनुसारको विद्युत् व्यवस्थापन गर्न प्राधिकरणलाई सहज हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणले देशभरका सबै ग्राहकका घरमा विस्तारै पुराना मिटर विस्थापित गरी स्मार्ट मिटर जडान गर्ने लक्ष्य लिएको छ । प्राधिकरणका अनुसार एउटा रिडरले महिनामा २५ सयदेखि ३ हजार ग्राहकको मिटर रिडिङ गर्छ ।
३० लाख स्मार्ट मिटर जडानको गरेको खण्डमा एक हजार जना कर्मचारी कटौती हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका प्रवक्ता ढकालले भने, ‘प्राधिकरणले जडान गर्ने स्मार्ट मिटर सफ्टवेयरबाट कन्ट्रोल हुन्छ । रियल टाइम खपतको डेटा हेर्न तत्काल हेर्न सकिन्छ । विद्युत चुहावट नियन्त्रणमा सहज हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण