बाक्लो हुस्सुले दुर्घटनाको जोखिम बढेपछि धनुषामा ट्राफिक सचेतना अभियान
जनकपुरधाम । बाक्लो हुस्सु र शीतलहरका कारण सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ‘सडक दुर्घटना विरुद्ध युवा–२०८२’ कार्ययोजनाअन्तर्गत सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।
सवारी साधनहरूमा रिफ्लेक्टिभ स्टिकर टाँसिनुका साथै चालक, सहचालक र यात्रुहरूलाई लक्षित गर्दै सडक सुरक्षा सम्बन्धी जानकारी प्रदान गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार कार्यक्रममा सडक दुर्घटना हुने प्रमुख कारण हुस्सु तथा कम दृश्यताका बेला अपनाउनुपर्ने सावधानी, रक्षात्मक सवारी चलाउने तरिका, ट्राफिक नियम र सडक अनुशासन, जिम्मेवार सवारी संस्कृतिको विकास तथा कानुनी पक्षबारे प्रशिक्षण र सचेतना दिइएको छ ।
ट्राफिक प्रहरीले जाडोयाममा विशेषगरी बिहान र साँझको समयमा सवारीको गति नियन्त्रण, बत्तीको सही प्रयोग तथा अन्य सुरक्षात्मक उपाय अनिवार्य रूपमा अपनाउन सबै सवारी चालकलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण