भक्तपुरको पोटरी स्क्वायरमा सडक महोत्सव सुरु
सारांश
- भक्तपुरको पोटरी स्क्वायरमा सडक महोत्सव सुरु भयो।
- नगर प्रमुख सुनिल प्रजापतिले माटोको भाँडा बनाएर महोत्सवको उद्घाटन गरे।
- महोत्सवले मौलिक उत्पादन र सीपको संरक्षण गर्ने लक्ष्य राखेको छ।
भक्तपुर । भक्तपुरको पोटरी स्क्वायरमा शुक्रबारबाट पोटरी स्क्वायर स्ट्रिट फेस्टिभल (सडक महोत्सव) सुरु भएको छ ।
एकीकृत हाकुज्या प्रजापति समाजले शुक्रबाट सुरु गरेको दुई दिने पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माटोको भाँडा बनाएर उद्घाटन गरेका हुन् ।
भक्तपुरले भाषा, कला र संस्कृति बचाउन सके मात्र आफ्नो पहिचान बचाउन सक्ने बताउँदै उनले माटोको भाँडा बनाउने पेसाजस्तै पुराना सीपहरू संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए ।
मौलिक उत्पादन र सीपलाई संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव शनिबार राति सम्पन्न हुन्छ । महोत्सवमा खाद्य, विभिन्न स्थानीय परिकारहरू, कृषि, माटाका भाँडाकुँडाहरूको स्टल तथा प्रदर्शनी, सांस्कृतिक नाच र सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको छ । रात्रिकालीन पर्यटनलाई समेत प्रवर्द्धन गर्ने गरी सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण