दुई फर्मलाई नगद जरिवाना
सारांश
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ।
- जुली केक एण्ड पेष्ट्री र जिरी खिम्ती होटललाई पाँच हजार जरिवाना लगाइएको छ।
- विभागले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
काठमाडौँ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
विभागले जुली केक एण्ड पेष्ट्री ललितपुर र जिरी खिम्ती होटल रेष्टुरेन्टलाई रु पाँच हजार जरिवाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारबाही गरिएको जनाएको छ ।
यस्तै, विभागले अन्य १२ वटा उद्योग वा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । काठमाडौँ र ललितपुरका विभिन्न होटल तथा रेष्टुरेन्टमा नियमित अनुगमन भइरहेको विभागले उल्लेख गरेको छ ।
चाडबाडको समयमा मात्रै अनुगमन गरेको भन्ने गुनासो नआओस् भनेर विभागले पछिल्ला दिनमा नियमित रूपमा अनुगमन, निरीक्षण, जरिवाना तथा सुधारात्मक निर्देशन दिँदै आएको छ ।
बजारको स्वच्छता कायम राख्ने, कालोबजारी नियन्त्रण गर्ने, खाद्य पदार्थमा अखाद्य पदार्थ मिसिन नदिन सचेतता पूर्वक अनुगमन गरिएको विभागले जनाएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी र जनप्रतिनिधिको उपस्थितिमा बजार अनुगमन हुँदा कानुन कार्यान्वयनमा सहज भएको विभागको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण