सर्लाहीमा नेकपाको सन्देश सभा : नारायणकाजीले सम्बोधन गर्ने
शनिबार, १२ पुस २०८२, १० : ५७
सारांश
- नेकपा सर्लाहीले मलंगवामा एकता सन्देश सभा आयोजना गर्दैछ।
- प्रचण्ड आउन नसक्ने भएपछि तीनबिघे मैदानको कार्यक्रम स्थगित भयो।
- नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा पार्टी प्यालेसमा सभा हुनेछ।
मलंगवा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीले आज सदरमुकाम मलंगवामा एकता सन्देश सभा आयोजना गर्दैछ ।
पार्टीका केन्द्रीय नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा मलंगवा पार्टी प्यालेसमा एकता सन्देश सभा गर्न लागिएको हो । यसअघि पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मलंगवाको तीनबिघे मैदानमा एकता सन्देश सभा आयोजना गर्ने भनिएको थियो ।
तर चुनावी तयारीको व्यस्तताका कारण प्रचण्ड आउन नभ्याउने भएपछि तिनबिघे मैदानको कार्यक्रम स्थगित गरिएको छ ।
हिजो पुनः नेता श्रेष्ठको प्रमुख आतिथ्यतामा पार्टी प्यालेसभित्रै भए पनि एकता सन्देश सभा आयोजना गर्ने निर्णय गरिएको नेकपाका नेताहरूले बताएका छन् । कार्यक्रमलाई नेता श्रेष्ठले सम्बोधन गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण