सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जीवनी

'धुरन्धर' मा अक्षय खन्नाले निभाएको पात्र रहमान डकैत वास्तविक जीवनमा कति खतरनाक थियो?

शनिबार, १२ पुस २०८२, ११ : ५५
शनिबार, १२ पुस २०८२

सारांश

  • कराचीको अन्डरवर्ल्ड डन रहमान डकैतको कथा, जसको पहुँच प्रहरीदेखि राष्ट्रपतिसम्म थियो।
  • रहमान डकैत विभिन्न अपराधमा संलग्न थिए र उनलाई प्रहरी इन्काउन्टरमा मारिएको थियो।
  • ल्यारी ग्याङवारमा भएको हिंसा र राजनीतिक सम्बन्धका कारण रहमान डकैतको मृत्यु भएको थियो।
  • जाफर रिजवी

‘नमार्नु है... कुनै गलत काम नगर... जति पनि मुद्दाहरू छन्, उसलाई (अदालतमा) पेस गर। इन्काउन्टर नगर्नु।’  आसिफ जरदारीले रहमान (डकैत) लाई हिरासतमा लिने प्रहरी अधिकारी चौधरी असलमसँग यो कुरा भनेका थिए।

इस्लामाबाद मात्र नभई ‘रावलपिन्डी’ सम्म पहुँच भएका यी राजनीतिज्ञले पाकिस्तान बाहिर भएको एक भेटमा मलाई रहमान डकैतको कथा सुनाउँदै थिए।

चाहे तपाईं पिपुल्स अमन कमिटीका संस्थापक सरदार अब्दुल रहमान बलोच भन्नुहोस् वा कराची अन्डरवर्ल्डका डन रहमान डकैत... यो यस्तो पात्रको कथा हो जसले आँखा त सहरको पिछडिएको क्षेत्रमा खोल्यो तर ल्यारी ग्याङका यी ‘क्राइम लर्ड’ को पहुँच प्रहरी र सेनाका गुप्तचर संस्थाका शीर्ष अधिकारीहरूसम्म मात्र नभई देशका राष्ट्रपतिसम्म पनि थियो।

ती नेता, जसले मलाई यो कथा सुनाए, स्वयं पनि धेरै सरकारहरूको हिस्सा रहे तर उनी कराची ‘अन्डरवर्ल्ड’ को बारेमा पनि धेरै कुरा जान्दछन्। फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाले यिनै रहमान डकैतको भूमिका निभाएका छन्, जसको अहिले जताततै चर्चा भइरहेको छ।

१८ जुन २००६ मा क्वेटाबाट रहमान डकैतलाई अन्तिम पटक पक्राउ गरिएको थियो। यद्यपि सरकारी रूपमा यो गिरफ्तारी कहिल्यै सार्वजनिक गरिएन। यस क्रममा स्वयं रहमान बलोच (रहमान डकैत) ले अनुसन्धान गर्ने अधिकारीहरूसामु स्वीकार गरे कि उनी आफ्नी आमाको हत्यासहित ७९ अपराधका घटनामा संलग्न थिए।

बीबीसीलाई प्राप्त रहमान बलोचसम्बन्धी अनुसन्धान प्रतिवेदन अत्यन्त गोप्य सरकारी दस्तावेज थियो, जसले उनका अपराधहरू मात्र उजागर गर्दैन, बरु राजनीति र अपराधको घिनलाग्दो गठजोडलाई पनि प्रस्ट पार्छ।

यस रिपोर्टमा १३ वर्षको उमेरबाट अपराधको सुरुवात गरेर रहमान बलोच कसरी ‘अन्डरवर्ल्ड डन’ बने भन्ने कुराको उल्लेख छ। यस क्रममा उनले कसरी ठूला-ठूला नेता, जातीय संगठन र व्यापारीहरूसँग सम्बन्ध बनाए भन्ने पनि खुलाइएको छ।

चाखलाग्दो कुरा के छ भने, यही ल्यारीबाट जुल्फिकार अली भुट्टो र उनकी छोरी बेनजिर भुट्टो प्रधानमन्त्री पदसम्म पुगे भने बाबु डकैत र रहमान बलोच अपराधको दुनियाँमा शीर्ष स्थानमा पुगे।

कराची बन्दरगाहको दुवैतर्फ अलग-अलग दुनियाँ आबाद छ। एकतर्फ मौलवी तमिजुद्दीन खान रोड छ भने अर्कोतर्फ एमए जिन्ना रोड। मौलवी तमिजुद्दीन खान रोड पार गर्ने हो भने सहरको सबैभन्दा धनी बस्ती र सबैभन्दा महँगा मनोरञ्जन स्थलहरू छन्।

यस बन्दरगाहको अर्कोतर्फ एमए जिन्ना रोडको पछाडि ल्यारी छ। गरिबीसँगै बेरोजगारीको माहोलमा बन्ने अपराधको गढ।

सहरको दक्षिणदेखि पश्चिमसम्म कराचीका सबैभन्दा पुराना तर अत्यन्त गरिब दर्जनौँ बस्तीहरू फैलिएका छन्। यहाँ अपराधको ठूलो साम्राज्य मौलाउँछ।

चाखलाग्दो कुरा के छ भने, यही ल्यारीबाट जुल्फिकार अली भुट्टो र उनकी छोरी बेनजिर भुट्टो प्रधानमन्त्री पदसम्म पुगे भने बाबु डकैत र रहमान बलोच अपराधको दुनियाँमा शीर्ष स्थानमा पुगे।

रहमान डकैतको परिवार
पाकिस्तान सरकारको दस्तावेज अनुसार अब्दुल रहमान (वा रहमान डकैत) को जन्म सन् १९७६ मा दाद मोहम्मद उर्फ दादलको घरमा भयो। रहमानकी आमा दादलकी दोस्रो श्रीमती थिइन्।

रहमानका एक आफन्तले मलाई बताएअनुसार रहमानका बुवाका चार दाजुभाइ थिए। दाद मोहम्मद (दादल), शेर मोहम्मद (शेरु), बेक मोहम्मद (बेकल) र ताज मोहम्मद।

उनका अनुसार दादलले ल्यारीमा धेरै कल्याणकारी काम पनि गरेका थिए। बच्चाहरूका लागि पुस्तकालय, ठूलाका लागि इदगाह, महिलाका लागि सिलाई-कटाई केन्द्र र युवाका लागि बक्सिङ क्लब बनाए।

तर अनुसन्धान दस्तावेज र प्रहरी, सेना तथा गुप्तचर संस्थाका अधिकारीहरू अर्कै कथा सुनाउँछन्। कराची प्रहरीका एक पूर्व प्रमुखले मलाई बताएअनुसार दादल र उनका भाइ शेरु दुवै लागुऔषधको धन्दामा संलग्न थिए। प्रहरी रेकर्ड अनुसार शेरु ‘हिस्ट्रीसिटर’ पनि थिए।
तर शेरु-दादल ग्याङ ल्यारीमा लागुऔषधको धन्दा वा अन्य अपराधको एक्लो ठेकेदार बिल्कुल थिएन। इकबाल उर्फ बाबु डकैतको ग्याङले पनि नजिकैको टोल कलरीमा लागुऔषधको ठूलो नेटवर्क चलाउँथ्यो र तेस्रो पक्षमा हाजी लालुको गिरोह थियो, जसले जहाँबाद, शेरशाह समसान र पुरानो गोलीमार जस्ता इलाकामा हप्ता असुली, लागुऔषध र असुलीको धन्दा चलाउँथ्यो।

ल्यारीका पूर्व एसपी फैयाज खानका अनुसार, ‘एउटै धन्दामा संलग्न ती धेरै गिरोहहरूबिच धन्दामा प्रतिस्पर्धा पनि थियो र क्षेत्रको विवाद पनि। यी गिरोहहरूको आपसी विवाद धेरै पटक हिंसात्मक झडपमा परिणत हुन्थ्यो। यस्तै एक झडपमा रहमान बलोचका काका ताज मोहम्मद विरोधी गिरोह बाबु डकैतको हातबाट मारिएका थिए।’

रहमानको कथा सुनाउने नेताले बताए, ‘त्यतिबेला रहमानको मित्रता दुई दाजुभाइ रउफ नाजिम र आरिफसँग भयो, जसका बुवा हसन उर्फ हसनुक पनि लागुऔषधको धन्दामा थिए। लागुऔषध र अपराधसँग जोडिएको पृष्ठभूमि भएका ती सबै युवाहरूको मित्रता बिस्तारै एक आपराधिक गिरोहमा परिणत भयो, जसको नाइके आरिफ नाजिम थिए। रहमान त पछि नाइके बने, तर मूल रूपमा यो आरिफको ग्याङ थियो।’

लागुऔषधको धन्दाबाट भएको थियो सुरुवात

samraksan
कराचीको प्रहरी रेकर्ड अनुसार १३ वर्षको उमेरमा रहमानले ६ नोभेम्बर १९८९ मा कलाकोटको हाजी पिक्चर रोडस्थित गुलाम हुसेनको पसल नजिकै पटाका पड्काउन मनाही गर्दा मोहम्मद बख्श नामका व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाए। एक अधिकारीले बताएअनुसार यो रहमानको अपराधको दिशातर्फ पहिलो पाइला थियो।

प्रहरीका अनुसार १९९२ मा लागुऔषधको धन्दामा रहमानको झगडा नदीम अमीन र उसका साथी नन्नूसँग भयो। यी दुवै लागुऔषधका सप्लायर थिए। प्रहरी रेकर्ड अनुसार नदीम अमीन पनि हिस्ट्रीसिटर थिए र उनीमाथि लगभग ३० वटा मुद्दा दर्ता थिए। रहमान र आरिफले नदीम र नन्नू दुवैको गोली हानी हत्या गरे। यो रहमानको हातबाट भएको हत्याको पहिलो घटना थियो।

प्रहरी रेकर्ड अनुसार १८ फेब्रुअरी १९९५ मा जब आरिफ र रहमान आफ्ना साथीहरूसँग उस्मानाबाद मिल्स एरियामा पाक पाइप मिल्सको खाली भवनमा थिए, तब प्रहरीले उनीहरूलाई घेर्‍यो। प्रहरीको गोलीबाट आरिफ त मारिए तर रहमान पर्खाल नाघेर भाग्न सफल भए। सरकारी रिपोर्टमा रहमानले पनि यो घटना स्वीकार गरेका छन्।

रहमानका निकटस्थले मलाई बताएअनुसार सन् १९८८ मा राशिद मिन्हास रोडसँग जोडिएको क्षेत्र डालमियामा जमिनको विवादमा रहमानका काकाका छोरा फतेह मोहम्मद बलोचको हत्या भयो। यो हत्याको आरोप ल्यारीको संगौ लेनका सुलेमान बिरोहीका छोरा गफुरमाथि लाग्यो।

केही प्रहरी अधिकारीहरूका अनुसार सुलेमान बिरोहीको सिन्धका पूर्व मुख्यमन्त्री जाम सादिकसँग व्यापारिक सम्बन्ध थियो तर रहमानले १९९८ मा सुलेमान बिरोहीलाई नर्थ नाजिमाबादमा डीसी सेन्ट्रल अफिस नजिकै मारिदिए। यो हत्याले रहमानलाई ल्यारीको आपराधिक दुनियाँमा वर्चस्व स्थापित गर्ने बाटोमा डोर्‍यायो।

हाजी लालु डनबाट पाए संरक्षण
रहमानका आफन्तले बताएअनुसार यो बदलाका लागि लालुको परिवारले रहमानको परिवारलाई जबरदस्त मद्दत गर्‍यो। मेरो अनुसन्धान अनुसार जब बाबु डकैतको हातबाट रहमानका काका ताज मोहम्मदको हत्या भयो, तब लालुले रहमानलाई आफ्नो संरक्षणमा लिए।

हाजी लालु अन्डरवर्ल्ड डन थिए। ल्यारी र ट्रान्स ल्यारीमा अपराध जस्तोसुकै होस्, लालु बिना सम्भव थिएन। रहमान पनि जे बने त्यसमा लालुको संरक्षणको ठूलो हात थियो।

उनका अनुसार, ‘लालुले रहमानको संरक्षण यसकारण गरे किनकि बाबु डकैत धन्दामा लालुको दुश्मन थियो र बाबुसँग लड्नका लागि लालुलाई युवा र साहसी साथीहरूको आवश्यकता थियो।’

जब रहमानको युवा ग्याङको अपराध बढ्न थाल्यो, बढ्दो दबाबबिच प्रहरीले यो ग्याङलाई सिध्याउने योजना बनायो।

प्रहरी रेकर्ड अनुसार १८ फेब्रुअरी १९९५ मा जब आरिफ र रहमान आफ्ना साथीहरूसँग उस्मानाबाद मिल्स एरियामा पाक पाइप मिल्सको खाली भवनमा थिए, तब प्रहरीले उनीहरूलाई घेर्‍यो। प्रहरीको गोलीबाट आरिफ त मारिए तर रहमान पर्खाल नाघेर भाग्न सफल भए। सरकारी रिपोर्टमा रहमानले पनि यो घटना स्वीकार गरेका छन्।

आमाको पनि हत्या गरे

ma
यो घटनाको केही महिनापछि १८ मे १९९५ मा रहमानले थाना कलाकोटको सीमामा आफ्नी आमा खदिजा बिबीको पनि हत्या गरिदिए। 
रहमानले अधिकारीहरूलाई बताएअनुसार उनले ‘आफ्नी आमालाई आफ्नै घरमा गोली हाने।’ प्रहरीका अनुसार उनलाई शंका थियो कि आमा प्रहरीको सुराकी बनेकी छिन्।

यस रिपोर्टको विपरीत मेरा स्रोतहरूको भनाइ छ कि हत्याको कारण वास्तवमा रहमानलाई ‘आफ्नी आमाको चरित्रमाथिको शंका’ थियो र उनले आफ्नी आमाको हत्या दुश्मन गिरोहको कुनै सदस्यसँग सम्बन्ध भएका कारण गरेका थिए।

सरकारी रेकर्ड अनुसार सन् १९९५ मा अर्धसैनिक बल रेन्जर्सले रहमानलाई अवैध हतियार र लागुऔषध राखेको आरोपमा गोलीमारबाट पक्राउ गर्‍यो। यो केसमा रहमान साढे दुई वर्षसम्म जेलमा रहे। रिपोर्ट अनुसार १० जुन १९९७ मा रहमान बलोचलाई कराची सेन्ट्रल जेलबाट ल्यारी नजिकै रहेको सिटी कोर्ट ल्याइयो, जहाँबाट उनी फरार भए र बलुचिस्तानको इलाका हब पुगे।

पाकिस्तानको सरकारी दस्तावेज अनुसार रहमानले फरजाना, शहनाज र सायरा बानो नामका तीन महिलासँग विवाह गरे। यी तीन श्रीमतीबाट उनका १३ सन्तान भए। सन् २००६ सम्म रहमान कराची र बलुचिस्तानका धेरै इलाकामा ३४ पसल, ३३ घर, १२ प्लट र डेढ सय एकड खेतीयोग्य जमिनको मालिक बनिसकेका थिए। उनले केही सम्पत्ति इरानमा पनि किनेका थिए। यद्यपि धेरै अधिकारीहरूको दाबी छ कि सन् २००६ पछिको सम्पत्ति योभन्दा निकै धेरै छ। 

रहमानको राजनीतिक क्षेत्र र बलुचिस्तानका राजनीतिक तथा जातीय संगठनहरूसँग पनि सम्पर्क बढ्यो।

rani
रहमानले सोधपुछमा बताएअनुसार उनले हबमा प्रहरीको ‘अनुमति’ मै जुवाको अड्डा पनि खोलेका थिए र अफिम (जसलाई ल्यारीका मानिसहरू ‘विषहर’ भन्छन्) र चरेशजस्ता लागुऔषधको धन्दा पनि ‘माथिल्ला व्यक्तिहरू’ को भरपूर मद्दत र अनुमतिमा चलिरह्यो।

ल्यारीका पूर्व एसपी फैयाज खानले बताएअनुसार उतिबेला रहमान, हाजी लालु र उनका छोराहरूले मिलेर लागुऔषध र अपराधको धन्दा चरममा पुर्‍याएका थिए। धेरै ठूला प्रहरी अधिकारीहरूका अनुसार यसै क्रममा रहमानलाई अन्दाज हुन थाल्यो कि लालुको प्रभावमा रहँदा उनी अपराधको दुनियाँमा आफ्नो छुट्टै स्थान बनाउन सक्दैनन्, अन्ततः एक दिन उनको खटपट लालु र उनका छोराहरूसँग भयो।

फैजुको यो हत्याबाट एउटा यस्तो युद्धको सुरुवात भयो जसलाई ‘ल्यारी ग्याङवार’ को नामले चिनिन्छ। मिडिया रिपोर्टहरूबाट थाहा हुन्छ, रहमान र पप्पुबिचको ल्यारी ग्याङवारमा यति धेरै हत्या र हिंसा भयो, यसले त्यो इलाकालाई अन्तर्राष्ट्रिय चर्चामा ल्याइदियो।

चाँडै नै यो खटपट ‘हिंस्रक युद्ध’ मा बदलियो र यसको सुरुवात रहमान बलोचका खास मान्छे मामा फैज मोहम्मद उर्फ फैजुको अपहरण र हत्याबाट भयो। फैज मोहम्मद रहमानका नातेदार पनि थिए र अजीज बलोचका बुवा पनि। उही अजीज बलोच जो रहमानपछि ल्यारी अन्डरवर्ल्डका डन बने।

फैजुको यो हत्याबाट एउटा यस्तो युद्धको सुरुवात भयो जसलाई ‘ल्यारी ग्याङवार’ को नामले चिनिन्छ। मिडिया रिपोर्टहरूबाट थाहा हुन्छ, रहमान र पप्पुबिचको ल्यारी ग्याङवारमा यति धेरै हत्या र हिंसा भयो, यसले त्यो इलाकालाई अन्तर्राष्ट्रिय चर्चामा ल्याइदियो।

शोधकर्ता र पत्रकार अजीज संगहुरको सम्बन्ध पनि ल्यारीसँग छ। उनका दाबी अनुसार धेरै वर्षसम्म चलेको ल्यारी ग्याङवारमा कुल मिलाएर सबै गिरोहसँग सम्बन्ध राख्ने लगभग साढे तीन हजार मानिस मारिएका थिए।

रहमानको आतंक नियन्त्रणको प्रयास

inc
जब ल्यारी ग्याङवारले हजारौँको ज्यान लियो, तब इलाकाका प्रमुख व्यक्तिहरूले यो हत्या र हिंसा रोक्ने प्रयास गरे। धेरै स्थानीय नेताहरूले ल्यारीको सिटको प्रतिनिधित्व गर्ने पिपुल्स पार्टीका प्रमुख आसिफ जरदारीसँग भेट गरे।

जरदारीका एक परिचितले भने अनुसार लालुसँग उनको तर्फबाट रहमानविरुद्ध कारबाही वा हमला हुनेछैन भन्ने कुरा भएको थियो, तर रहमानको जिम्मा कसले लिने ? यस्तो अवस्थामा सबैले बलोच एकता आन्दोलनका नेता अनवर भाइजानसँग मध्यस्थकर्ता बन्न अनुरोध गरे र दुवै गिरोहमा सम्झौताको प्रयास गर्न भने।

धेरै राजनीतिक र सरकारी मानिसहरूका अनुसार सहरका अन्य इलाकामा बलियो हुँदै गएका रहमान त्यसबेलासम्म ल्यारीका बेताज बादशाह बनिसकेका थिए। सन् २००२ सम्म त ल्यारी र वरपरका इलाकामा रहमानको प्रभाव यस्तो भइसकेको थियो कि ती इलाकाबाट को राज्य वा राष्ट्रिय सभाको सदस्य बन्ने र को टाउन म्यानेजर हुने भन्ने फैसला उनी नै गर्थे।

अनवर भाइजान लालुका छोरा पप्पुकी श्रीमतीका मामा थिए। ल्यारीमा उनको विशेष सम्मान थियो तर यो सबै तय हुँदै गर्दा रहमानले अनवर भाइजानलाई नै मारिदिए। रहमानले अनुसन्धानकर्ताहरूलाई बताएअनुसार उनले ८ जनवरी २००५ मा अनवर भाइजानको हत्या त्यतिबेला गरे जब उनी एक शवयात्रामा सहभागी हुन मेवा शाह रोडबाट जाँदै थिए। सोधपुछका क्रममा रहमानको भनाइ थियो, पप्पुसँगको नाताका कारण अनवर भाइजान लालु ग्याङतर्फ झुकाव राख्थे र उनको मध्यस्थता निष्पक्ष थिएन।

यो हत्याकाण्डसँगै मध्यस्थताका प्रयासहरू तुरुन्तै बन्द भए। त्यसपछि आसिफ जरदारी पनि पन्छिए । प्रहरी अधिकारीहरूका अनुसार रहमानले सहरका धेरै महत्त्वपूर्ण व्यापारिक क्षेत्र र बाटोहरूलाई पनि ‘भत्ता’ (असुली) को कमाइको माध्यम बनाए। उदाहरणका लागि कराचीको बन्दरगाहबाट निस्कने र केमाडीबाट गुज्रने हरेक कन्टेनर रहमानको नेटवर्कलाई रकम नदिई जान सक्दैनथ्यो।

कमाइको अर्को माध्यम गुट्खा पनि थियो । रहमान ग्याङले ल्यारीमा अवैध ढंगले गुट्खा बनाउने कारखाना खुलाए। यसपछि गुट्खा लागुऔषधभन्दा पनि बढी फाइदाको धन्दा बन्यो।

रबिनहुडको छविमा रहमान

inc
धेरै राजनीतिक र सरकारी मानिसहरूका अनुसार सहरका अन्य इलाकामा बलियो हुँदै गएका रहमान त्यसबेलासम्म ल्यारीका बेताज बादशाह बनिसकेका थिए। सन् २००२ सम्म त ल्यारी र वरपरका इलाकामा रहमानको प्रभाव यस्तो भइसकेको थियो कि ती इलाकाबाट को राज्य वा राष्ट्रिय सभाको सदस्य बन्ने र को टाउन म्यानेजर हुने भन्ने फैसला उनी नै गर्थे।

र अब उनी पिपुल्स अमन कमिटीका प्रमुख ‘सरदार अब्दुल रहमान बलोच’ कहलाउन थालेका थिए। त्यतिबेलासम्म ल्यारीका केही क्षेत्रका लागि रहमान रबिनहुड जस्तै पात्र बन्दै थिए। अब उनी राजनीतिक रूपमा नाम कमाउने काम गर्न थालेका थिए, जस्तै स्कुल र औषधालय खोल्ने।

राज्य मन्त्रिपरिषद्‍सँग सम्बन्ध राख्ने एक कर्मचारीतन्त्रका अधिकारीका अनुसार जब रहमानले मलेर, बर्न्स रोड, गुलिस्तान-ए-जौहर र अन्य टोलमा अमन कमिटीहरू बनाए, तब एमक्युएमले उनलाई एक राजनीतिक चुनौतीका रूपमा देख्यो। यसरी एमक्युएमको सरकार रहमानलाई कुल्चिन सक्रिय भयो ।

सरकारी अधिकारीहरूका अनुसार, ‘यता पिपुल्स पार्टीका एक नेता र त्यतिबेला आसिफ जरदारीका नजिकका साथीलाई लाग्यो कि रहमान उनीहरूका लागि फाइदाजनक हुन सक्छ, त्यसैले उनीहरूले पर्दा पछाडिबाट उसको समर्थन सुरु गरे।’ रहमान एमक्युएमको राजनीतिक निसानामा आएपछि एमक्युएमले रहमानका लामो समयदेखिका जानी दुश्मन अरशद पप्पुको समर्थन सुरु गर्‍यो।

एमक्युएम लन्डनको कोर्डिनेसन कमिटीका संयोजक रहेका मुस्तफा अजीजाबादीले भने ल्यारी ग्याङवार वा रहमान बलोचको मामिलामा एमक्युएमको कुनै पनि किसिमको सम्बन्ध अस्वीकार गरे। उनको भनाइ थियो, ‘यो त पाकिस्तान बन्नुभन्दा अघिदेखि नै लागुऔषधका कारोबारीहरूको पुस्तौँदेखि चल्दै आएको दुश्मनीको सिलसिला थियो। हाम्रो यिनीहरूसँग कुनै लेनादेना थिएन।’

पाकिस्तानको गुप्तचर संस्थाका एक अधिकारीले बताए, ‘अरशद पप्पुलाई राजनीतिक समर्थनबाट शक्ति मिल्न थाल्यो र राजनीतिक शक्तिहरू पनि रिसाएपछि ल्यारीमा रहमानका लागि फेरि एकपटक बाँच्न गाह्रो हुन थाल्यो। तब रहमानले बलुचिस्तान जानुमै आफ्नो भलाइ सम्झिए तर यसपटक हब जानुको साटो उनले क्वेटाको स्याटेलाइट टाउनमा एक गोप्य स्थानमा शरण लिए।’

जब जरदारीको फोनले बचायो

‘धुरन्धर’ फिल्ममा चौधरी असलमको भूमिका सञ्जय दत्तले निभाएका छन्। छापाका क्रममा गिरफ्तारीबाट बच्न छतबाट हाम फाल्ने प्रयासमा रहमानको खुट्टा भाँचियो। एक स्रोतले बताएअनुसार घाइते रहमानलाई पक्राउ गरियो तर यो गिरफ्तारी कहिल्यै सरकारी रेकर्डमा देखाइएन।

बीबीसीलाई प्राप्त अत्यन्त गोप्य रिपोर्टमा १८ जुन २००६ मा चौधरी असलमको नेतृत्वमा ल्यारी टास्क फोर्सले गोप्य जानकारी पाएपछि क्वेटाको स्याटेलाइट टाउनमा रहमानको त्यो गोप्य अड्डामा अचानक छापा मार्‍यो।

‘धुरन्धर’ फिल्ममा चौधरी असलमको भूमिका सञ्जय दत्तले निभाएका छन्। छापाका क्रममा गिरफ्तारीबाट बच्न छतबाट हाम फाल्ने प्रयासमा रहमानको खुट्टा भाँचियो। एक स्रोतले बताएअनुसार घाइते रहमानलाई पक्राउ गरियो तर यो गिरफ्तारी कहिल्यै सरकारी रेकर्डमा देखाइएन।

रहमानको कथा सुनाउने नेताले बताए अनुसार हुनसक्थ्यो इन्काउन्टरको स्थिति आउन सक्थ्यो तर त्यतिबेला एउटा नाटकीय घटना भयो, चौधरी असलमको फोनको घण्टी बज्न थाल्यो। यस मामिलाको सम्पूर्ण जानकारी राख्ने राजनीतिज्ञले दाबी गरे अनुसार चौधरी असलमले उनलाई स्वयं बताएका थिए कि उनी रहमानजस्ता खतरनाक अपराधीहरू विरुद्धको यस्तो कारबाहीमा कहिल्यै आफ्नो व्यक्तिगत फोन लिएर जाँदैनथे। किनकि मुठभेडको स्थितिमा कलर डेटा रेकर्डिङ (सीडीआर) वा जियो फेन्सिङबाट अदालतमा साबित हुन सक्थ्यो कि चौधरी असलम त्यस समय कहाँ थिए।

ती नेताले भने, ‘त्यसैले चौधरी यस्तो अवसरका लागि एउटा यस्तो फोन प्रयोग गर्थे जसको नम्बर केवल तीन वा चार शीर्ष अधिकारीहरू बाहेक कसैलाई थाहा हुँदैन थियो।’ उनका अनुसार रहमानको यो (कहिल्यै सार्वजनिक नगरिएको) गिरफ्तारीको समयमा पनि चौधरी असलम यही गोप्य फोन प्रयोग गरिरहेका थिए र केवल ‘शीर्ष अधिकारी’ सँग सम्पर्कमा थिए।

ती नेता भन्छन्, ‘चौधरी असलमले मलाई बताए अनुसार उनले रहमानलाई हिरासतमा लिने बित्तिकै अचानक त्यो फोनमा एक अपरिचित नम्बरबाट कल आयो। चौधरी असलमले फोन उठाए, अर्कोतर्फ थिए आसिफ जरदारी। उनी छक्क परे कि यो गोप्य नम्बर जरदारी साहब सम्म कसरी पुग्यो ?’

चौधरी असलम र आसिफ जरदारीको कुराकानीको जानकारी राख्ने नेताले भने अनुसार जरदारी साहबले चौधरी असलमसँग भने, ‘नमार्नु है। कुनै गलत काम नगर। जति पनि मुद्दाहरू छन्, उसलाई (अदालतमा) पेस गर... इन्काउन्टर नगर।’

सिन्धमा तैनाथ रहने एक शीर्ष अधिकारीको भनाइ थियो, ‘यस स्थितिबाट निस्कन न त प्रहरीले गोली चलाउने छ, न त रहमानको यो गिरफ्तारी अहिले रेकर्डमा ल्याइनेछ भन्ने निर्णय भयो। उनलाई कराची त पठाइनेछ तर उनलाई पक्राउ गरिएको घोषणा सरकारी रूपमा हुनेछैन।’

अर्को गोप्य सरकारी दस्तावेज अनुसार, ‘यस अनुसन्धानपछि रहमानलाई अब कहाँ राख्ने भन्ने समस्या भयो, किनकि गिरफ्तारी सार्वजनिक गरिएको थिएन। त्यसपछि रहमानलाई पहिले केही दिन ल्यारी टास्क फोर्सका अधिकारी इन्स्पेक्टर नासिर उल हसनको गार्डन पुलिस लाइन्सस्थित घरमा राखिने उच्च अधिकारीहरूले निर्णय गरे । त्यसपछि त्यतिबेला कलरीका एसएचओ बहाउद्दीन बाबरको मेट्रोविलस्थित निजी निवासमा पठाउने कुरा भयो।’

रहमानको कथा जान्ने राजनीतिज्ञ र केही प्रहरी अधिकारीहरूका अनुसार सैनिक अधिकारीहरूलाई शंका थियो कि रहमान फरार हुनुमा बाबरको मिलेमतो थियो। इन्स्पेक्टर बाबर ३१ डिसेम्बर २०१३ मा स्वयं एक आक्रमणमा मारिएकाले उनको पक्ष थाहा हुन सकेन।

रहमान इन्स्पेक्टर बाबरको घरबाट ‘नाटकीय ढंगले’ फरार भए। गोप्य रिपोर्टमा रहमान फरार भएको मिति २० अगस्ट २००६ उल्लेख छ। यस अनुसार २० अगस्ट २००६ को रात पाँच हतियारधारी व्यक्तिले आक्रमण गरेर रहमानलाई छुटाए।

रहमान फरार हुँदा प्रहरी र अन्य संस्थाका शीर्ष अधिकारीहरूमा खैलाबैला मच्चियो। यता रहमानले फरार हुनासाथ उनी ‘पैसा दिएर छुटेका हुन्’ भन्ने कुरा फैलाइदिए ।

रहमानको कथा जान्ने राजनीतिज्ञ र केही प्रहरी अधिकारीहरूका अनुसार सैनिक अधिकारीहरूलाई शंका थियो कि रहमान फरार हुनुमा बाबरको मिलेमतो थियो। इन्स्पेक्टर बाबर ३१ डिसेम्बर २०१३ मा स्वयं एक आक्रमणमा मारिएकाले उनको पक्ष थाहा हुन सकेन।

फरार भएपछि रहमानले ल्यारी पुगेर फेरि हत्या र हिंसाको बजार तताए। अब रहमानले पिपुल्स पार्टीका लागि पनि समस्याहरू खडा गर्न थाले।

एक समय यस्तो आयो कि ल्यारीमा टाउन म्यानेजरका लागि पिपुल्स पार्टीका उम्मेदवार मलिक मोहम्मद खानको हार भयो र रहमानको समर्थन पाएका स्वतन्त्र उम्मेदवार विजयी भए। 

जब सन् २००८ मा पिपुल्स पार्टीको सरकार आयो र आसिफ जरदारी पहिलो पटक देशका राष्ट्रपति बने, तब रहमानको प्रभाव भएका स्थानीय नेता र पिपुल्स पार्टीबिच खटपट हुन थाल्यो। जसले गर्दा पिपुल्स पार्टी र रहमानबिच विवाद भयो।

रहमानसँग पिपुल्स पार्टीको यो असन्तुष्टि सम्पूर्ण ‘सिस्टम’ मा दर्ता पक्कै भयो। त्यतिबेला एक दिन सिन्धका तत्कालीन गृहमन्त्री र आसिफ जरदारीका नजिकका साथी जुल्फिकार मिर्जा सिन्धका गभर्नर डाक्टर इशरतुल इबादकहाँ पुगे।

जुल्फिकार मिर्जाले ल्यारीको मामिला गम्भीर भएको सुनाए, ‘हत्या र हिंसा बढिरहेको छ। सरकारको तर्फबाट प्रहरीलाई निर्देशन दिइयोस् कि ल्यारीका गिरोहहरू विरुद्ध कारबाही गरियोस्।’

पूर्व गभर्नरले बताए, ‘मैले डाक्टर साहबलाई राज्यका गृहमन्त्री त तपाईं नै हुनुहुन्छ भनेर भनेँ। तपाईं आदेश जारी गर्नुहोस्। यसपछि जुल्फिकार मिर्जाले जारी गरेको आदेशमा ल्यारी मात्र होइन सम्पूर्ण राज्यमा कानुनी व्यवस्था हर कीमतमा कायम राखियोस् र कारबाही तीव्र पारियोस् भन्ने प्रहरीलाई निर्देशन दिइयो।’

कसरी प्रहरीले रहमानलाई समात्यो ?
अब रहमान तीनतिरबाट घेरिएका थिए। एकतर्फ एमक्युएम असुली र राजनीतिक पकडका कारण रिसाएको थियो। अर्कोतर्फ पिपुल्स पार्टी पनि रिसाएको थियो। तेस्रो तर्फ प्रहरी अधिकारीको घरबाट फरार भएको र प्रहरीलाई पैसा दिएर भागेको हल्ला फैलाएका कारण सम्पूर्ण प्रहरी र विशेष गरी चौधरी असलम पनि रहमानसँग रिसाएका थिए।

चारैतिरको यही रिस रहमानलाई धेरै महँगो पर्‍यो।

रहमानको खोजीमा अत्यन्त सक्रिय चौधरी असलम एक सुराकीसम्म पुगे। भोलिपल्टै ९ अगस्ट २००९ मा स्वयं रहमानले बलुचिस्तान जाने प्रयास गरेपछि चौधरी असलमलाई उनका सुराकीमार्फत रहमान कराचीबाट निस्कने प्रयास गरिरहेको थाहा भयो।

खतरामा घेरिएको महसुस यति धेरै थियो कि अचानक ८ अगस्ट २००९ मा रहमानले आफ्ना नजिकका र विश्वासिला साथीहरूलाई बोलाए र भने, ‘हाललाई आउजाउ कम गरौँ। यदि धेरै नै जरुरी परेमा आउजाउका लागि गाडीको सट्टा मोटरसाइकलको प्रयोग गरौँ।’

यता रहमानको खोजीमा अत्यन्त सक्रिय चौधरी असलम एक सुराकीसम्म पुगे। भोलिपल्टै ९ अगस्ट २००९ मा स्वयं रहमानले बलुचिस्तान जाने प्रयास गरेपछि चौधरी असलमलाई उनका सुराकीमार्फत रहमान कराचीबाट निस्कने प्रयास गरिरहेको थाहा भयो।

रहमान र उनका तीन नजिकका साथी अकिल बलोच, नजीर बलोच र औरंगजेब बलोच मोटरसाइकलमा पुरानो गोलीमार पुगे, जहाँबाट एउटा गाडीमा उनीहरू बलुचिस्तानको इलाका मन्दतर्फ लागे।

जबसम्म चौधरी असलमले सुराकीबाट यो जानकारी पाए, तबसम्म रहमान कराचीको सीमाबाट निस्किसकेका थिए। त्यसपछि असलम र उनको टोलीका सदस्य रहमानको खोजीमा निस्किए।

रहमान र उनका साथी धेरै टाढा गइसकेकाले असलमलाई सहयोगी गुप्तचर एजेन्सीहरूले फिर्ता हुन सल्लाह दिए। जब चौधरी असलम र उनको टोली फिर्ता हुने क्रममा गडानी र वन्दरको बिचमा पुग्यो, त्यतिबेला रहमान र उनका साथी फेरि एकपटक कभरेज एरियामा आए र फोन मनिटर गर्नेहरूले उनको सुराक पाए।

भयो के भने, रहमानका साथी नजीर बलोचले आफ्नी श्रीमतीलाई फोन गरेर घर आउँदै गरेको जानकारी दिँदै मनपर्ने खाना बनाउन आग्रह गरे । यही आग्रह उनीहरूका लागि समस्या बन्यो।
नजीर बलोचकी श्रीमतीले उही टोलीमा रहेका रहमानका साथीकी श्रीमतीलाई पनि फोन गरेर पाहुना (रहमान र उनका साथी) आउँदै छन् र मनपर्ने खाना खान आग्रह पनि गरिरहेको सुनाइन्।

यो सूचना चौधरी असलमलाई दिइयो । चौधरी असलम र उनको टोली जिरो पोइन्ट भन्ने ठाउँमा पुग्यो । त्यहाँबाट एउटा बाटो ग्वादर कोस्टल हाइवे र अर्को क्वेटातिर जान्छ।
प्रहरीको टोली त्यहाँ उभियो जहाँ यो बाटो अंग्रेजीको अक्षर वाई जस्तो आकार लिन्छ, ताकि रहमान र उनका साथी जुन दिशाबाट आए पनि उनीहरूको सामना प्रहरीसँग होस् । र यही भयो।
एउटा कालो टोयोटा गाडीमा रहमान र उनका साथी आउँदै गरेको देखिए। एक नेताले मलाई बताए, ‘त्यतिबेलासम्म असलमको टोलीका केही सदस्यले प्रहरीको बर्दीको सट्टा त्यहाँ तैनाथ कोस्ट गार्डको बर्दी लगाएका थिए ताकि रहमान र उनका साथीले कराची प्रहरीको बर्दी, विशेष गरी चौधरी असलमलाई देखेर केही अर्को कदम नचालुन् र उनीहरूलाई अन्जानमै नियन्त्रणमा लिन सकियोस्।’

सम्भावित प्रहरी इन्काउन्टरको स्थितिमा मृत्यु नजिक देखिन थालेपछि रहमानले असलमलाई केही लेनदेन गरेर कुरा मिलाउन प्रस्ताव गरे । तर असलमले भने, ‘जब लिएको थिइनँ, तब यति बदनाम गर्‍यौ कि गुप्तचर संस्थाहरूको अनुसन्धान भोग्नुपर्‍यो, अब लिएँ भने के गर्छौ?’

स्वयं रहमानलाई अन्दाज भएन कि उनी असलमको घेरामा परिसकेका छन्। जब गाडी रोकियो, रहमानका साथीहरूले विरोध पनि गरेनन्।
परिचयपत्र माग्दा रहमानले फर्जी परिचयपत्र देखाए। त्यसमा उनको नाम शोएब लेखिएको थियो । तर योजना अनुसार रहमानलाई त्यहाँ कोस्ट गार्डको बर्दीमा तैनाथ प्रहरी अधिकारीहरूले भने कि तपाईं गएर आफ्नो परिचयपत्र गाडीमा बसेका कर्णेल साहबलाई देखाउनुहोस्।

यी ‘साहब’ थिए चौधरी असलम, र जस्तै रहमानले कालो सिसा भएको भिभोको ढोका खोले, उनको सामना चौधरी असलमसँग भयो। भाग्ने कुनै विचार रहमानको मनमा आउनु अघि नै उनको पछाडि उभिएका प्रहरी अधिकारी मलिक आदिलले उनलाई भित्र धक्का दिए र आफू पनि गाडीमा चढे।

सम्भावित प्रहरी इन्काउन्टरको स्थितिमा मृत्यु नजिक देखिन थालेपछि रहमानले असलमलाई केही लेनदेन गरेर कुरा मिलाउन प्रस्ताव गरे । तर असलमले भने, ‘जब लिएको थिइनँ, तब यति बदनाम गर्‍यौ कि गुप्तचर संस्थाहरूको अनुसन्धान भोग्नुपर्‍यो, अब लिएँ भने के गर्छौ?’
त्यहाँ (जिरो पोइन्ट) बाट उनीहरू सबैलाई नेसनल हाइवे स्टिल टाउन लगियो र नर्दन बाइपास हुँदै यो टोली लिंक रोड पुग्यो र रहमान त्यहाँ प्रहरी इन्काउन्टरमा तीनै साथीसहित मारिए।

यो दाबीको पुष्टि धेरै अधिकारीहरूले निजी कुराकानीमा त गरे तर ‘अन रेकर्ड’ रहमान ‘डकैत’ को मृत्युको बारेमा कराची प्रहरीको सरकारी विज्ञप्ति १० अगस्ट २००९ का सबै पत्रिकाहरूमा छापियो। अंग्रेजी पत्रिका डन र दी नेसनले यो सरकारी विज्ञप्तिको हवाला दिँदै रहमान डकैत र उनका तीन साथी प्रहरीसँगको झडपमा मारिएको बतायो।

सरकारी विज्ञप्तिमा बताइएअनुसार प्रहरीले रहमान डकैतको गाडी रोक्ने प्रयास गर्‍यो तर अभियुक्तहरू भाग्न खोज्दा प्रहरीले बाध्य भएर गोली चलाउनुपर्‍यो।

प्रहरी इन्काउन्टरमा प्रश्न

in
विज्ञप्तिमा भनिएको थियो, ‘रहमान हत्या र फिरौतीका लागि अपहरणका ८० भन्दा बढी घटनामा वान्टेड थिए।’ कराची प्रहरीका प्रमुख वसीम अहमदले उनको मृत्यु कराची प्रहरीको एक धेरै ठूलो सफलता भएको बताए।

सिन्धका पूर्व गभर्नर डाक्टर इशरतुल इबादको पनि भनाइ अनुसार यो एक ‘वास्तविक’ प्रहरी इन्काउन्टर थियो। उनले भने, ‘यो अपरेसन चौधरी असलमले गरिरहेका थिए, सायद त्यसैले केही मानिसहरूलाई शंका भयो होला तर यस मामिलामा भन्न सकिँदैन कि फर्जी मुठभेड भयो। तर यस्तो सम्भव छैन ।’

यो प्रहरी मुठभेडलाई अदालतमा चुनौती दिइयो। ‘डन’ ले आफ्नो १४ अक्टोबर २००९ को रिपोर्टमा रहमानकी विधवा फरजानाले आफ्ना वकिल अब्दुल मुजीब पीरजादा र सैयद खालिद शाहमार्फत उनका पतिको फर्जी मुठभेडमा हत्या गरिएको सिन्ध हाई कोर्टका प्रधानन्यायाधीश सरमद जलाल उस्मानीको इजलासमा निवेदन दिइन्।

अदालतले यसमा राज्यका गृह सचिवसहित कराची प्रहरी र सिन्ध प्रहरीका प्रमुखहरूलाई अदालतमा बोलायो पनि, तर रहमानको परिवारका नजिकका स्रोतहरूको भनाइ अनुसार उनीहरू आजसम्म मुद्दाको फैसला हुने प्रतीक्षा गरिरहेका छन्।

यस्तो लाग्छ कि रहमान डकैत राजनीतिक विरोध र सिस्टमको असन्तुष्टिका कारण मारिए, आखिर सिस्टम उनीसँग के का लागि रिसाएको थियो ?

सरदार अब्दुल रहमान बलोच भन्नुहोस् वा रहमान डकैत, तर एउटा कुरा पक्का छ कि उनको शव यात्रा ल्यारीको इतिहासका ठूला शव यात्राहरूमध्ये एक थियो। यसको पाँच वर्षपछि जनवरी २०१४ मा चौधरी असलम तालिबानको आत्मघाती दस्ताको सिकार बने।

ल्यारीको उर्दू आर्ट्स युनिभर्सिटीका पत्रकारिता विभागका पूर्व अध्यक्ष प्रोफेसर (रिटायर्ड) तौसीफ अहमदका अनुसार ल्यारी ग्याङवारको पर्दा पछाडिको वास्तविकता अर्कै थियो। ‘जुन मारामारी तपाईंले ल्यारीमा देख्नुभयो, त्यसको जरा तपाईंले यहाँ भेट्टाउनुहुन्न। जरा खोज्न बलुचिस्तान जानुपर्छ।’

बलुचिस्तानको जातीय आन्दोलनलाई ल्यारीबाट अलग गर्न राज्य र उसका संस्थाहरूले क्षेत्रमा राजनीतिबाट अपराधको जरा उखेल्नुको सट्टा सधैं अपराध राजनीतिमाथि हाबी रहोस् भन्ने मौका दिइएको प्रोफेसर तौसीफ अहमदको राय छ।

उनले भने, ‘सन् १९७३ मा बलुचिस्तानमा जब सैनिक कारबाही सुरु भयो, तब डर थियो कि ल्यारी कतै बलोच प्रतिरोध आन्दोलनको केन्द्र नबनोस्। त्यसैले ल्यारीलाई अलग राख्न राज्यका हर्ताकर्ताहरूले त्यसलाई अपराधको भट्टीमा धकेलिदिए।’

प्रोफेसर तौसीफले थपे, ‘सेनाले ल्यारीलाई ग्याङवारको जिम्मा लगायो र पिपुल्स पार्टी यसमा सामेल भयो। पिपुल्स पार्टी ल्यारीको राजनीतिक उत्तराधिकारी थियो। उनीहरूले संघर्षको बाटो अपनाएनन्, सजिलो बाटो अपनाए। उनीहरूले विभिन्न कालखण्डमा ती ग्याङ्स्टरहरूलाई संरक्षण दिए।’

सरदार अब्दुल रहमान बलोच भन्नुहोस् वा रहमान डकैत, तर एउटा कुरा पक्का छ कि उनको शव यात्रा ल्यारीको इतिहासका ठूला शव यात्राहरूमध्ये एक थियो।

यसको पाँच वर्षपछि जनवरी २०१४ मा चौधरी असलम तालिबानको आत्मघाती दस्ताको सिकार बने।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप