सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जनकम्युनमा प्रहरीको छापा

नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा

शनिबार, १२ पुस २०८२, १५ : ००
शनिबार, १२ पुस २०८२

सारांश

  • विप्लव नेतृत्वको नेकपा (माओवादी)ले संघर्षका कार्यक्रम घोषणा गरेको छ।
  • अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा संघर्षको घोषणा गरिएको हो।
  • संघर्षका कार्यक्रम अन्तर्गत मसाल जुलुस, कोणसभा, विरोध प्रदर्शन र अन्तर्क्रिया कार्यक्रमहरू हुनेछन्।

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा सो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

शनिबार बसेको उक्त पार्टीको स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको हो । संघर्षका कार्यक्रम अन्तर्गत पुस १२ गते बलुका देशव्यापी मसाल जुलुस, १३ गते देशभर कोणसभा, १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौँमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

प्रहरीको एक टोलीले हिजो अर्घाखाँचीको सितगङ्गा ११ मा रहेको सो पार्टीले सञ्चालन गरिरहेको कम्युनमा छापा मारेको थियो । छापा मार्ने क्रममा केही हतियार र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप