अपडेट
निर्वाचनमा जान सबै दल तयार
शनिबार, १२ पुस २०८२, १७ : ०५
सारांश
- आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन प्रमुख राजनीतिक दलहरू सहमत भएका छन्।
- शनिबार प्रधानमन्त्रीको बैठकमा शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता जनाएका हुन्।
- नेपाली कांग्रेस, एमाले र अन्य दलहरू चुनावका लागि तयार रहेको बताइएको छ।
काठमाडौँ । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्।
आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’
बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण