सिन्धुली– २ बाट महेश्वर दाहाल पनि सिफारिस
सारांश
- नेपाल कम्युनिस्ट पार्टीले सिन्धुली-२ बाट महेश्वर दाहाललाई प्रत्यक्ष उम्मेदवार सिफारिस गरेको छ।
- पार्टीले सिन्धुलीमा नेकपाको किल्ला बनाउन खोज्दै लेखनाथ दाहाललाई क्षेत्र नम्बर १ बाट लड्न सिफारिस गरेको छ।
- हरिबोल गजुरेलले चुनावमा नयाँलाई सहयोग गर्नुपर्ने र पूर्व सांसदले अनुभव प्रयोग गर्नुपर्ने बताए।
सिन्धुली । नेपाली कम्युनिस्ट पार्टीले सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष उम्मेदवारमा महेश्वर दाहाललाई पनि सिफारिस गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलसहितलाई सिफारिस गरिएको यो क्षेत्रमा दाहाललाई समेत सिफारिस गरिएको हो ।
सो क्षेत्रमा महेश्वरको आफ्नै वैचारिक एवं सादगी चरित्र स्थापित छ । अघिल्ला विजेता लेखनाथ दाहाल ‘राजन’लाई पार्टीले क्षेत्र नम्बर- १ बाट लड्न सिफारिस गरेको छ । लेखनाथ तत्कालीन माओवादी केन्द्रका एक वाकपटुशील सांसद हुन् । उनलाई पार्टीले क्षेत्र नम्बर-१ मा सिफारिस गर्नुको उद्देश्य, पछिल्ला राजनीतिक चुनौतीबिच सिन्धुलीमा नेकपालाई अविच्छिन्न किल्ला बनाउने सोचेको उम्मेदवारमा सिफारिस कार्यदलका एक सदस्यले बताए ।
पार्टी संयोजक प्रचण्ड भने अहिले सिन्धुलीमा चुनाव लड्ने मुडमा नभएको बताइन्छ । थुप्रै पार्टी समितिले उनलाई आ–आफ्नै क्षेत्रबाट चुनाव लड्न सिफारिस गरेका छन् ।
हरिबोल गजुरेलले भने चुनावमा नयाँलाई सहयोग गरेर अपवाद बाहेक पूर्व सांसदले आफ्नो अनुभव तथा तागतलाई अब समाजवादी दिशामा लगाउनुपर्ने मत जाहेर गरिरहेका छन् । महेश्वर उक्त पार्टीका पुराना मात्र होइनन्, युवा नेतृत्व समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण