बालेनसँगको सहमतिपछि तोसिमाले भनिन्, ‘अब देश घण्टीमय हुनेछ’
सारांश
- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच बृहत् एकताको सहमति भएको छ।
- रास्वपा नेतृ तोसिमा कार्कीले यस एकतालाई देशले काँचुली फेर्ने महत्वपूर्ण अवसरको रूपमा चित्रण गरेकी छिन्।
- रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीचको सहमति अनुसार, शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच बृहत् एकताको सहमति भएपछि रास्वपा नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन्।
बालेनसँगको सहकार्यको खबर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै कार्कीले अब क्रमशः पूरा देश नै ‘घण्टीमय’ हुँदै जाने दाबी गरेकी हुन्। उनले यस एकतालाई देशले काँचुली फेर्ने महत्वपूर्ण अवसरको रूपमा चित्रण गरेकी छन्।
नेतृ कार्कीले सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरूलाई घण्टीमा गोलबन्द हुन आह्वान गर्दै समुन्नत र समृद्ध नेपाल निर्माणका लागि एकजुट हुन आग्रह गरेकी छन्। उनले बालेन र रास्वपाबिचको यो नयाँ सहकार्यलाई शान्त र भद्र ‘निलो क्रान्ति’को संज्ञा दिएकी छन्।
यो एकताले राजनीतिमा नयाँ आशा जगाएको बताउँदै उनले अबको एक मात्र विकल्प र आशा रास्वपा नै भएको उल्लेख गरेकी छन्।
रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबिच आइतबार बिहान ‘बृहत् एकता’ मा सहमति जुटेको हो । सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन-नारायणगढ सडकखण्डको खहरेमा सुख्खा पहिरो खस्याे, यातायात दुईतर्फी अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुन टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
सडकमा ठोक्किएर ट्रकमा आगलागी हुँदा चालकको मृत्यु
-
अङ्ग्रेज फौज पराजित भएको ऐतिहासिक स्थलमा भारतीय पत्रकारको भ्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण