मुलुककाे राजनीतिमा बाहिरी चुनौती थपियाे : योगेश भट्टराई
आइतबार, १३ पुस २०८२, ११ : ११
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र काठमाडौँका मेयरबीच आगामी निर्वाचनमा सहकार्य हुने सहमति भयो।
- एमाले उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती थपिएको बताएका छन्।
- भट्टराईले चुनौतीको सामना गर्दै आन्तरिक एकता बलियो बनाउनुपर्ने र कार्यशैली सुधार गर्नुपर्ने बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाहिरी चुनौती थपिएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौती बढे पनि भागेर हैन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरेका छन् । यस्ता चुनौतीलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनुपर्ने भट्टराईकाे भनाइ छ।
उनले राष्ट्र र पार्टीका एजेन्डा बोक्न सबैलाई आग्रह गरेका छन् । कार्यशैली सुधार गरेर विगतका कमी कमजोरी सच्याउँदै अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण