बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रसुवागढी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणमा शाक्य: नयाँ प्रविधिको प्रयोग गरेर काम गर्न निर्देशन

आइतबार, १३ पुस २०८२, १२ : ११
आइतबार, १३ पुस २०८२

सारांश

  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले रसुवागढी जलविद्युत आयोजनाको निरीक्षण गरे, जसलाई भोटेकोशीको बाढीले क्षति पुर्‍याएको थियो।
  • उनले आयोजनाको प्राविधिक पक्षबारे जानकारी लिँदै, प्रभावकारी प्रविधिको प्रयोग गर्न निर्देशन दिएका थिए र दुई युनिट सञ्चालनमा आएकोमा प्रशंसा गरे।
  • बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन र सम्पन्न भएका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको थियो र यसले उत्पादनमा अवरोध गरेको थियो।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत असार २४ मा भोटेकोशीको बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको रसुवागढी जलविद्युत आयोजनाको पछिल्लो प्रगतिको स्थलगत निरीक्षण गरेका छन् ।

उनले आइतबार १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणसँगै त्यहाँको प्राविधिक पक्षका बारेमा जानकारी लिएका हुन ।  सो क्रममा शाक्यले आयोजनाको बाँध, पावर हाउसलगायतका संरचनाको निरीक्षण गर्दै प्रभावकारी प्रविधिको प्रयोग गर्दै काम गर्न निर्देशन दिए ।

 ‘मानसिक त्रासमा बसेर लगातार काम गरेर यो सफलता प्राप्त गर्नुभयो अहिले दुई ओटा युनिट सञ्चालनमा ल्याउनुभयो यो प्रशंसनीय काम हो । यो सुख्खा मौसममा पनि यी दुई युनिटबाट करिब ४५ युनिट विद्युत् उत्पादन भइरहेको छ,‘ उनले भने,‘ यो गतिशीलतालाई कायम राख्नुहोस् । अहिलेसम्मको प्रगति राम्रो छ । तर, प्राकृतिक विपत्ति आइलाग्यो । यद्यपि अरू अवस्थामा तपाईंहरुको मेहनतले थप सुधार गरेर अघि बढ्दा यसले थप राम्रो गर्छ भन्ने मलाई लागेको छ ।’

उनले आवश्यक सहयोगका लागि प्राधिकरण तयार रहेको भन्दै डिजाइनमा भएका केही कमजोरीलाई सच्याएर आगामी दिनमा अहिलेको भन्दा राम्रो गरेर अघि बढ्न पनि सुझाव दिए ।  

शाक्यले पहिला गरेको डिजाइन भन्दा अहिले वस्तुस्थिति फरक भएको र नदीले आफ्नो धार समेत परिवर्तन गरेको भन्दै त्यसै अनुसार डिजाइनमा परिवर्तन गरेर जानुपर्ने बताए । ‘पुरानै डिजाइनले पुरानो  समस्यालाई समाधान गर्दैन,’ उनले भने, ‘अब फरक ढङ्गले अघि बढ्नुपर्छ मैले त्यही अनुसारको सुझाव पनि दिएको छु । यो एक वर्षको बाढीलाई हेरेर त्यसपछि स्थायी समाधानसहित अघि बढ्नुपर्छ ।’

विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइको अगुवाइमा निर्माण भएको रन–अफ– रिभरको यो आयोजनाले वार्षिक ३ अर्व २५ करोड आम्दानी गर्ने लक्ष्य लिएको भन्दै बाढीले क्षतिग्रस्त अवस्थापछि कठिनका साथ काम गरिरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले असार २४ को बाढी अघि १ सय १४ करोड आम्दानी गर्न सफल भएको जानकारी दिए  ।

उनले आयोजनाले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादनको लक्ष राखेको छ केन्द्रक प्रमुख सन्तोष अधिकारीले जानकारी दिए । 

रसुवामा आएको बाढीले ३ सय ५० मेगावाटका आयोजना निर्माणको काममा अवरोध गरेको थियो । त्यसैगरी  २ सय ५० मेगावाट क्षमताका आयोजनाबाट  विद्युत् उत्पादन बन्द भएका थिए । सो बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो । 

त्यतिबेला ६० मेगावाट त्रिशूली–३ ए जलविद्युत् आयोजना, २४ मेगावाट त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाट चिलिमे जलविद्युत्, १४ मेगावाट माथिल्लो मैलुङ, १४ मेगावाट देवीघाट जलविद्युत् परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप