सुध्रिन सके कांग्रेसले कसैको वैशाखी टेक्नुपर्दैनः कांग्रेस नेता केसी
आइतबार, १३ पुस २०८२, १४ : ०२
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिन सके नेपाली कांग्रेसले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस सुध्रिन नसके चारैतिर चुनौती नै चुनौती रहेको टिप्पणी गरे ।
सुध्रिएर जनतामाझ जानसके तल्लोस्तरसम्म संगठन भएको कांग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको उनको भनाइ थियो । कांग्रेस आफैँ लोकतन्त्रको संरक्षक र संवाहक भएको समेत उनले जिकिर गरे ।
यसैगरी कांग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने भएपनि केही समय सर्नसक्ने अवस्था रहेको बताए । उनले क्रियाशील सदस्यता टुंग्याएर छिटो महाधिवेशन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण