चाँदी आयातमा राष्ट्र बैंकको खुकुलो नीति, २० गुणासम्म सटही सुविधा
आइतबार, १३ पुस २०८२, १६ : १४
सारांश
- राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा बढाएर २० गुणासम्म पुर्याएको छ।
- चाँदी आयात गर्दा अब मासिक २० लाख डलरसम्मको सटही सुविधा पाइनेछ।
- विदेशी मुद्रा सञ्चिति बढ्दै जाँदा राष्ट्र बैंकले सटही नीति खुकुलो पारेको हो।
काठमाडौं । चाँदी आयातमा राष्ट्र बैंकले खुकुलो नीति लिएको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै चाँदी आयातका लागि सटही सुविधा बढाएर २० गुणासम्म पुर्याएको छ ।
यसअघि चाँदी आयात गर्दा प्रतिपटक एक लाख डलरसम्मको सटही सुविधा दिनसक्ने व्यवस्था थियो । यसलाई परिवर्तन गर्दै चारदेखि २० लाख डलरसम्म पुर्याइएको हो ।
यस अनुसार महिनामा एकपटक आयात गर्ने उद्योगलाई बीस लाख डलरसम्म व्यवसायीको लागि चार लाख डलरको सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिनेछ ।
अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिति बढ्दै जाँदा राष्ट्र बैंकले हाल विदेशी मुद्रा सटहीमा खुकुलो नीति लिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण