काठमाडौँमा नेपाल–भारत एग्रिकल्चर वर्किङ ग्रुपको बैठक सुरु
सारांश
- नेपाल-भारत कृषि कार्य समूहको नवौं संयुक्त बैठक काठमाडौंमा सुरु भयो।
- बैठकमा दुवै देशका सहसचिवसहित १२ र १४ जना सदस्यको सहभागिता रहेको छ।
- बैठकमा कृषि क्षेत्रको सहकार्य र सम्झौता विस्तारबारे छलफल हुनेछ।
काठमाडौँ । नेपाल–भारत एग्रिकल्चर वर्किङ ग्रुपको नवौँ संयुक्त बैठक सुरु भएको छ । दुई देशका सहसचिवस्तरको उक्त बैठक आजदेखि काठमाडौँमा सुरु भएको हो ।
भौतिक तथा भर्चुअल माध्यमबाट समेत चलेको उक्त बैठकमा १२ जना र भारतका १४ जना सदस्य सहभागी छन् । बैठकमा नेपालका तर्फबाट कृषि मन्त्रालयका सचिव डा.हरिबहादुर केसीसहित १२ जना तथा भारतको तर्फबाट कृषि मन्त्रालयका अतिरिक्त सचिव डा. प्रमोदकुमार महेद्रा सहित १४ जना सहभागी छन् ।
बैठकले दुई देशबिच कृषि क्षेत्रमा भएको सहकार्य र सहयोग आदानप्रदान र यसको प्रभावकारिता वृद्धिका सम्बन्धमा छलफल भएको मन्त्रालयका सहसचिव डा.केसीको भनाइ छ ।
नेपालले कृषि प्रविधि, बिउबीजनको जात तथा रासायनिक मल आयातसम्बन्धी हाल भारत र नेपालबिच भएको सम्झौतालाई अझै विस्तारित गर्ने सम्बन्धमा प्रस्ताव राखेको उनको भनाइ छ ।
आज सामान्य रूपमा भएको छलफल भोलि पनि जारी रहनेछ । भोलिको बैठकले छलफलका विषयमा सहमति गर्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण