बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस महामन्त्री शर्माको शब्द र संगीत रहेको गीत सार्वजनिक

आइतबार, १३ पुस २०८२, १७ : १७
आइतबार, १३ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको फिल्म 'बिगुल' को गीत सार्वजनिक भयो।
  • गीतमा देश प्रेम, राष्ट्रभक्ति, समावेशिता, शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ।
  • 'बिगुल' माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको फिल्म ‘बिगुल’ को गीत ‘आऊ यस्तो देश बनाऔँ’ सार्वजनिक गरिएको छ । गीतमा राजेश पायल राईले स्वर दिएका छन् । गीतमा देश प्रेम, राष्ट्रभक्ति, समावेशिता, शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ । गीतमा फिल्मका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् ।

रमेश कोइरालाको निर्देशन अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । देश आम निर्वाचनमा होमिन लागेको बेलामा सार्वजनिक गरिएकाले गीतले चुनावी माहौलको झल्को दिएको छ ।

कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मिरा पण्डित, मानश्री शर्मालगायतको अभिनय छ ।

म्याग्नोलिया ग्रुपको ब्यानर महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको चलचित्रको पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।

शिव ढकालको छायाङ्कन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् ।

फिल्म राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप