राष्ट्रिय कराते टिमद्वारा ८ सय कराते खेलाडीलाई विशेष प्रशिक्षण
काठमाडौँ । नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीहरूको सहभागितामा विद्यालय स्तरका खेलाडीलाई विशेष प्रशिक्षण दिइएको छ ।
काठमाडौँको सातदोबाटो कराते हलमा उपत्यकाका ८ सय बढी विद्यार्थीलाई निःशुल्क कराते प्रशिक्षण प्रदान गरिएको हो ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले खेलाडीको वृद्धि, विकास तथा हौसला अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए । उनले यसबाट विद्यालय स्तरका खेलाडीलाई सही मार्गदर्शन, प्रेरणा र राष्ट्रिय टिमसम्म पुग्ने लक्ष्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम संयोजक पुरुषोत्तम पोखरेलका अनुसार हरेक शनिबार निरन्तर रूपमा निःशुल्क प्रशिक्षण प्रदान गर्दै आएको यो कार्यक्रम नवौँ हप्तामा प्रवेश गरेको अवसरमा विशेष बनाइएको थियो । यस अवसरमा सहभागी सम्पूर्ण खेलाडीलाई च्याम्पियनहरूको हस्ताक्षर सहितको निःशुल्क टी–सर्ट पनि प्रदान गरिएको उनले जानकारी दिए ।
कराते स्टार खेलाडी एरिका गुरुङले विद्यालय स्तरका विद्यार्थीहरूसँग अनुभव साट्न पाउँदा आफूलाई खुसी लागेको बताइन् ।
प्रशिक्षणमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठ, स्टार खेलाडी एरिका गुरुङ लगायत सानुमाया थिङ, स्वनिम मानन्धर, मोहम्मद सेखु आलम र राष्ट्रिय टिमका क्याप्टेन सन्तोष श्रेष्ठले सहजीकरण गरेका थिए ।
आयोजकले हाल उपत्यका लक्षित यो कार्यक्रम आवश्यकताअनुसार सातै प्रदेशमा विस्तार गरिने योजना रहेको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण