राजनीति
जसपा नेपाल र लोसपाबिच एकता गर्ने सहमति
आइतबार, १३ पुस २०८२, २० : ३७
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता गर्ने समहति भएको छ ।
आइतबार दुवै पार्टीका पदाधिकारीहरुको काठमाडाैँमा बसेको संयुक्त बैठकले एकता गर्ने सहमति गरेकाे हाे ।
सहमतिपत्रमा भनिएकाे छ,'देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गर्न एकीकरण गर्ने निर्णय गरियो ।'
जसपा नेपालबाट नै अलग भएर ठाकुरले लोसपा गठन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण