सन् २०२५ मा बङ्गलादेशमा एक लाख जना डेङ्गुबाट सङ्क्रमित, ४१२ जनाको मृत्यु
काठमाडाैँ । बङ्गलादेशमा सन् २०२५ मा एक लाख दुई हजार ५६२ जना डेङ्गुबाट सङ्क्रमित भएका र ४१२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जारी गरेको तथ्याङ्कअनुसार डिसेम्बरमा आठ हजार १६५ व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका छन् ।
यो सङ्ख्या नोभेम्बर सङ्क्रमित भएको सङ्ख्याको एक तिहाई मात्र हो । नोभेम्बरमा कुल २४ हजार ५३५ व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको थियो ।
महानिर्देशनालयका अनुसार डेङ्गुका सङ्क्रमितमध्ये डिसेम्बरमा ३०, नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको थियो ।
बङ्गलादेशमा सन् २०२४ मा एक लाखभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका थिए भने ५७५ जनाको मृत्यु भएको थियो । बङ्गलादेशले सन् २०२३ मा डेङ्गुसँग सम्बन्धित एक हजार ७०५ जनाको मृत्यु भएको रेकर्डमा छ । यो बितेका तीन बर्षमा सबैभन्दा बढी वार्षिक मृत्यु सङ्ख्या हो ।
सामान्यतया बङ्गलादेशमा मनसुनको मौसममा लाग्ने रोग, डेङ्गु ज्वरो अहिले सामान्यतया जुन–सेप्टेम्बर अवधिभन्दा बढी समयसम्म फैलिरहेको पाइन्छ ।
डेङ्गु रोग एडिस एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान, अत्यधिक मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता र डाबर आउनेजस्ता लक्षणहरू निम्त्याउँछ।
डेङ्गुको बढ्दो सङ्ख्यासँग लड्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नस्ट गर्ने अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण