रामेछापमा नेकपाबाट को–को भए उम्मेदवार सिफारिस ?
सारांश
- नेपाली कम्युनिस्ट पार्टीले रामेछापबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिस गरेको छ।
- प्रत्यक्षतर्फ श्यामकुमार श्रेष्ठ, होम बुढाथोकी र पवन कार्की लगायतका नाम सिफारिस भएका छन्।
- समानुपातिक र राष्ट्रिय सभाका लागि पनि विभिन्न व्यक्तिहरूको नाम सिफारिस गरिएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले रामेछापबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ पूर्वगृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, साबिक नेकपा एसका पोलिटब्युरो सदस्य होम बुढाथोकी, अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष पवन कार्की सहितको नाम सिफारिस भएको एक नेताले जानकारी दिए ।
यस्तै नेत्र लामा, गुणराज ढुङ्गेल, अनन्तकुमार खड्का, दीपकराज प्रसाईँ, निरबहादुर श्रेष्ठ पनि प्रत्यक्षतर्फ सिफारिस भएका छन् । नवयुवा जेनजीको तर्फबाट रोशन कार्की, अनोज भुजेल र सुदिप खड्काको पनि नाम सिफारिस भएको छ ।
यसै समानुपातिकतर्फ जितबहादुर दाहाल, शरद रसाइली, सुनिता गौतम, केशर कुमार कालिकोटे, हिमाली गोले, रामबहादुर कार्की, आङकाण्डु शेर्पा, लालुमाया माझी, सरिता खाती, अम्बरबहादुर तामाङ ,किरण मोक्तानको नाम सिफारिस भएको ती नेताले बताए ।
राष्ट्रिय सभाका लागि जगतबहादुर तामाङको नाम सिफारिस भएको बताइएको छ । नेकपा रामेछापको जिल्ला समितिको बैठक पौष ११ गते बसी उक्त बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभातर्फ आकाङ्क्षीहरूको खुल्ला रूपमा आवेदन माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण