अछाम–१ बाट नेकपाका भीम रावलसहित ८ उम्मेदवार सिफारिस
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट डा. भीम रावलसहित ८ जनाको नाम सिफारिस गरेको छ ।
त्यस्तै डा. रावलसहित मदन भुल, कुलबहादुर कुँवर, लोक बहादुर बोहरा ज्वाला, शिव सुन्दर शाही, सरस्वती रावल,नवयुवाबाट चन्द्र भण्डारी र पुष्प साउदको नाम सिफारिस गरिएको छ ।
डा. रावललाई नेकपा एमालेले कारबाही गरेपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए । तत्कालीन माओवादी र एकीकृत समाजवादी पार्टीबिच एकीकरणसँगै डा. रावलले मातृभूमि जागरण अभियानलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सम्मिलित नेपाली कम्युनिस्ट पार्टीमा समाहित गरेका थिए ।
मदन भुल अनेरास्ववियू क्रान्तिकारीका निवर्तमान केन्द्रीय उपाध्यक्ष र अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षका उम्मेदवार थिए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका डा. रावलले अछाम निर्वाचन क्षेत्र नं.१ बाट २०५१, २०७० र २०७४ सालमा निर्वाचित भएका थिए ।
२०७९ सालमा अछाम निर्वाचन क्षेत्र नं.१ बाट एकल सिफारिस भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट दिएका थिए ।
अघिल्लो निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं.१ बाट तत्कालीन एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर विजयी भएका थिए । यहाँ २०६४ सालदेखि कम्युनिस्ट पार्टीले जित्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण