स्वास्थ्यमन्त्री डा. सुधा गौतमले सार्वजनिक गरिन् दुई महिने कार्यकालका उपलब्धि
सारांश
- स्वास्थ्यमन्त्री डा. सुधा गौतमले दुई महिने कार्यकालमा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा र औषधि व्यवस्थापनमा नीतिगत उपलब्धि हासिल गरिन्।
- स्वास्थ्य बिमा सुधारका लागि विज्ञ समिति गठन र अस्पतालहरूलाई बिमा रकम निकासाका लागि पहल गरियो।
- औषधि व्यवस्थापन, गुणस्तर सुधार, र स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको छ, जसमा टेलिमेडिसिन सेवा पनि समावेश छ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले आफ्नो दुई महिने कार्यकालमा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार र औषधि व्यवस्थापन जस्ता क्षेत्रमा महत्त्वपूर्ण नीतिगत उपलब्धि हासिल भएको बताएकी छन् । मन्त्रालयबाट भएका कार्यप्रगति सार्वजनिक गर्दै उनले सुशासन, संस्थागत सुदृढीकरण र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफूले मुख्य प्राथमिकता दिएको उल्लेख गरेकी हुन् ।
कात्तिक ९ गते पदभार ग्रहण गरेकी गौतमले यी रणनीतिक कदमले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । उपलब्धि विवरणअनुसार स्वास्थ्य बिमामा देखिएका चुनौती समाधानका लागि विज्ञ समिति गठन गरिएको छ भने बिमा बोर्डको स्थायी दरबन्दीका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को पूर्वस्वीकृति प्राप्त भई कार्य अघि बढेको छ ।
मन्त्री गौतमले अस्पतालहरूलाई भुक्तानी गर्न बाँकी रहेको बिमा रकम निकासाका लागि अर्थ मन्त्रालयमा पठाएको जानकारी समेत दिइन् । औषधि उत्पादन, आयात र मूल्य नियन्त्रणलाई व्यवस्थित गर्न विज्ञ समिति गठन गरिएको र नेपाल औषधि प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रक्रिया सुरु गरिएको छ ।
मन्त्री गौतमले स्वास्थ्य क्षेत्रमा खरिद तथा आपूर्ति प्रणाली सुधारका लागि निर्देशिका र कार्यविधि पुनरावलोकन गरिएको बताएकी छन् । स्थानीय तहका ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पतालका लागि आवश्यक उपकरणको सूची स्वीकृत हुनुका साथै जोखिमयुक्त गर्भवती र नवजात शिशुको उपचार सेवामा सुधार ल्याइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका अस्पतालमा विशेष नवजात शिशु हेरचाह एकाइ (एसएनसियू) सेवा सुदृढीकरणलाई पनि उपलब्धिको रूपमा हेरिएको छ ।
मानसिक स्वास्थ्यतर्फ १६ वटा सङ्घीय अस्पतालमा मनोसामाजिक डेस्क स्थापना गरिएको र 'जेनजी' आन्दोलनका घाइतेलाई लक्षित गरी विशेष क्लिनिकमार्फत सेवा प्रदान गरिएको छ । सहिद परिवारलाई मनोवैज्ञानिक सहजीकरण गरी पुनःस्थापना गर्ने कार्य पुसको तेस्रो हप्तादेखि सुरु हुने मन्त्रालयले जनाएको छ । यसका साथै वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि स्वास्थ्य जानकारी र श्रम मन्त्रालयसँगको समन्वयमा टेलिमेडिसिन सेवा विस्तारको तयारी भइरहेको विवरणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण