ट्रम्पको मस्यौदा सम्झौताले युक्रेनलाई १५ वर्षको सुरक्षा ग्यारेन्टी दिने
किभ । अमेरिकाले युक्रेनलाई बलियो सुरक्षा ग्यारेन्टी दिने तर सधैंभरिका लागि भने नहुने युक्रेनी राष्ट्रपतिले पत्रकारहरूलाई भनेका छन् । ट्रम्पसँगको कुराकानीपछि उनले यस्तो बताएका हुन् ।
‘कागजातहरूमा यो १५ वर्षको लागि छ, यी सुरक्षा ग्यारेन्टीहरू विस्तार गर्ने सम्भावना पनि छ । मैले राष्ट्रपतिसँग यो मुद्दा उठाएँ, मैले उनलाई भने कि हामी युद्ध लडिरहेका छौँ र यो लगभग १५ वर्षदेखि चलिरहेको छ, त्यसैले म ग्यारेन्टीहरू साँच्चै लामो समयसम्म रहोस् भन्ने चाहन्थें,’ जेलेन्स्कीले भने ।
१५ वर्ष भन्नुको अर्थ जेलेन्स्कीले २०१४ देखिको हिसाब गरेका हुन् । त्यतिबेला रूसले क्रिमियालाई युक्रेनबाट अलग्गाएर आफूमा गाभेको थियो । रूसी लडाकुहरूको सहयोगमा रूस समर्थित विद्रोहीहरूले डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूको अधिकांश भाग कब्जा पनि गरेका थिए । जेलेन्स्कीको चाहना सुरक्षा ग्यारेन्टी ३०, ४० वा ५० वर्षसम्मका लागि दिइयोस् भन्ने छ । आफ्नो यो कुरा सुनेले ट्रम्पले यसबारे सोच्ने बताएको पनि जेलेन्कस्कीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण