लोहनी समानुपातिक सांसद बन्न पाउने कि नपाउने भन्नेबारे राप्रपा बैठकमा भोटिङ
सारांश
- राप्रपाको कार्यसम्पादन समिति बैठकले समानुपातिक बन्दसूची फाइनल गर्दैछ।
- पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नाम सूचीमा राख्ने विषयमा विवाद छ।
- २०६४ पछिको समानुपातिक सांसदको प्रावधानका कारण उनलाई समावेश गर्ने कि नगर्ने बहस छ।
काठमाडौँ । निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्दसूची फाइनल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसिरहेको बैठकबाट विभिन्न जिल्लाबाट सिफारिस भएर आएका नामावलीका आधारमा बन्दसूची तयार गर्ने कार्य भइरहेको राप्रपाका एक नेताले बताए ।
स्रोतका अनुसार समानुपातिक बन्दसूचीमा पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको नाम राख्ने कि नराख्ने भन्नेबारे विवाद भएको छ । राप्रपाले यसअघि बनाएको नियममा २०६४ पछि समानुपातिकबाट अवसर पाएकालाई समानुपातिकमै नसमेट्ने भनिएको थियो । तर, लोहनी २०६४ पछि समानुपातिक सांसद भइसकेका व्यक्ति हुन् । तर, उनले त्यतिबेला राष्ट्रिय जनशक्तिबाट आफू समानुपातिक सांसद रहेकाले त्यो विषय अहिलेको हकमा सान्दर्भिक नरहेको जिकिर गरेपनि विवाद भएको हो ।
सोही विवाद टुंग्याउन कार्यसम्पादन समिति बैठकमा भोटिङ भइरहेको ती नेताले बताए । अब भोटिङबाट उनले बहुमत ल्याएमा मात्रै अब समानुपातिकको बन्दसूचीमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण