‘ई-सेवा’ बाट घुस लिने यातायातका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- यातायात व्यवस्था कार्यालयका सहयोगी इन्द्रजित गुरुङविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- गुरुङले घुस लिनका लागि ई-सेवा र अन्य व्यक्तिको खाता प्रयोग गरेको पुष्टि भएको छ।
- अख्तियारले गुरुङलाई नगद सहित नियन्त्रणमा लिएको थियो, र उनले घुस लिएको प्रमाणित भएको छ।
काठमाडौँ । यातायात व्यवस्था कार्यालय भरतपुरमा कार्यरत कार्यालय सहयोगी इन्द्रजित गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ब्लुबुक नवीकरण, जाँचपास र परमिट लगायतका काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि अख्तियारले सोमबार आरोपपत्र दायर गरेको हो।
गुरुङले भ्रष्टाचारको कसुर छल्न चलाखीपूर्ण तरिका अपनाएको अनुसन्धानबाट खुलेको छ। उनले आफू सरकारी कर्मचारी भएकाले सिधै रकम लिँदा समस्या पर्ने भन्दै कार्यालय बाहिरको एक व्यक्तिलाई झुट्टा आश्वासन दिएर प्रयोग गरेका थिए। ती व्यक्तिको ‘ई-सेवा’ खातामा सेवाग्राहीबाट घुसको रकम जम्मा गर्न लगाई गुरुङले आफ्नो सानिमा बैंकको खातामा पटक-पटक रकम ट्रान्सफर गरेको अख्तियारले जनाएको छ।
अख्तियारको टोलीले गुरुङलाई गत जेठ ३० गते उनको कार्यकक्षबाटै १ लाख ८५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका क्रममा उनले १ लाख ६१ हजार ३४० रुपैयाँ घुस लिएको प्रमाणित भएको छ।
अख्तियारले सोही रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बराबरको जरिवाना सजाय माग गर्दै मुद्दा दर्ता गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण