संविधान र गणतन्त्र रक्षाका लागि एमालेसँग पनि सहकार्य हुनसक्छ : राजेन्द्र पाण्डे
सारांश
- नेकपा नेता राजेन्द्रप्रसाद पाण्डेले एमालेसँग चुनावी सहकार्यको संकेत गरे, फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै।
- पाण्डेले देश र संविधानको रक्षाका लागि सहकार्य गर्न चाहने जुनसुकै दलसँग पनि हात मिलाउन सकिने बताए।
- पार्टीले समानुपातिक सूचीमा युवा पुस्तालाई प्राथमिकता दिँदै समावेशी सिद्धान्तलाई ध्यान दिएको पाण्डेको भनाइ छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) सँग पनि चुनावी सहकार्य हुनसक्ने सङ्केत गरेका छन्।
सोमबार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन पुगेका नेता पाण्डेले एमालेसँग वार्ता सुरु भएको सङ्केत गर्दै सहकार्यको सम्भावना सधैँ खुला रहने बताए। उनले देश, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एउटै विचारधारा भएका वा सहकार्य गर्न चाहने जुनसुकै दलसँग पनि हात मिलाउन सकिने स्पष्ट पारे।
‘एमालेसँग एकता वा सहकार्यबारे केही कुरा भएको भए त्यो विस्तारै बाहिर आइहाल्छ, अहिले नै सबै कुरा भन्न मिल्दैन,’ नेता पाण्डेले भने, ‘तर कम्युनिस्ट आन्दोलन र देशको हितका लागि जो–जो सहकार्य गर्न आउँछन्, उनीहरूसँग हामी मिलेर जान तयार छौँ।’
उनले आफ्नो पार्टीले यस पटक समानुपातिक सूची तयार पार्दा युवा पुस्तालाई विशेष प्राथमिकता दिएको र समावेशी सिद्धान्तका आधारमा सबै क्लस्टरहरू समेटिएको दाबी गरे । पार्टीले यस पटकको समानुपातिक सूचीमा नयाँ मापदण्ड लागू गरेको पाण्डेले जानकारी दिए। उनका अनुसार विगतमा समानुपातिकबाट निर्वाचित भइसकेका, मन्त्री भइसकेका वा प्रत्यक्षबाट सांसद भइसकेका व्यक्तिहरूलाई यस पटक समानुपातिक सूचीमा राखिएको छैन।
युवाहरूलाई बढी अवसर दिने उद्देश्यले ११० जनाको सूचीमा आदिवासी जनजाति, महिला, दलित, मधेशी, थारू र खस आर्यको प्रतिनिधित्व संविधान र नयाँ अध्यादेश अनुसार सुनिश्चित गरिएको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण