शीतलहर प्रभावितकाे राहत वितरणमा दोहोरोपन हुन नदिन निर्देशन
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराई तथा मधेसका जिल्लाहरूमा बढ्दै गएको शीतलहरको प्रभाव र त्यसका लागि भइरहेका कार्यका सम्बन्धमा साझेदार सङ्घ–संस्थाहरूसँग छलफल गरेको छ।
सोमबार छलफलका क्रममा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूले हाल आफ्नो कार्यक्षेत्र रहेका जिल्ला तथा स्थानीय तहहरूमा भइरहेको राहत वितरण र थप राहत परिचालनको अवस्थाबारे जानकारी गराएका थिए।
उनीहरूले शीतलहरबाट प्रभावित विपन्न परिवारलाई उपलब्ध गराइएका राहत सामग्री र आगामी योजनाबारे प्राधिकरणलाई अवगत गराएका छन् ।
छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय तहसँग अनिवार्य समन्वय गर्न आग्रह गरे।
उनले राहत वितरणमा दोहोरोपन हुन नदिन र सबैभन्दा बढी आवश्यकता भएका घरपरिवारसम्म राहत पुग्ने सुनिश्चितता गर्न साझेदार संस्थाहरूलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण