मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारले जेनजीका मागलाई बेवास्ता गर्‍याे : उपेन्द्र यादव

सोमबार, १४ पुस २०८२, १७ : ५६
सोमबार, १४ पुस २०८२

काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने जेनजीको मागलाई सरकारले बेवास्ता गरेको बताएका छन् ।

जनकपुरधाममा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्ने युवाहरुको माग रहेको उल्लेख गरे ।

उनले सरकारले युवाहरुसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनैपनि कुराहरु अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरे । लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण रहेको बताउँदै आफूहरु निर्वाचनमा जान तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप