अपडेट
यी ४५ दलले बुझाए समानुपातिक उम्मेदवारकाे बन्दसूचीका लागि धराैटी, रास्वपा अझै आयाेगमा पुगेन
सोमबार, १४ पुस २०८२, १८ : ४३
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म लागि ४५ राजनीतिक दलले ५० हजार रकम धरौटी बुझाएका छन् ।
आयोगका अनुसार सोमबार साँझ ६ बजेसम्म शीर्ष दलसहित ४५ दलले बन्दसूची बुझाउनु अघि धरौटी रकम बुझाएका हुन् ।
धरौटी बुझाउने सूचीको पहिलो नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने अन्तिम नम्बरमा नेशनल रिपब्लिकन पार्टी रहेको छ ।
यस्तै नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा (एमाले) लगायतका दल रहेका छन् । बन्दसूची पेस गर्नु अघि राजनीतिक दलले ५० हजार धरौटी बुझाउनुपर्ने व्यवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) अझै आयाेगकाे कार्यालयमा पुगेकाे छैन ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण