न्यायाधीश सिफारिस
जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस
मङ्गलबार, १५ पुस २०८२, ०१ : ५०
सारांश
- न्याय सेवा आयोगले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि २० जनाको नाम सिफारिस गर्यो।
- जिल्ला न्यायाधीशका लागि २१ जना माग गरिएकामा मधेसीबाहेकका कोटाबाट सिफारिस गरियो।
- आन्तरिक खुलाबाट ११, खुलाबाट छ, महिला एक र आदिवासी जनजाति दुई जना छानिए।
काठमाडौँ । न्याय सेवा आयोगले सोमबार जिल्ला न्यायाधीशमा नियुक्त गर्न २० जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला न्यायाधीशका लागि २१ जना माग भएकामा मधेसीबाहेकका कोटाबाट न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्समक्ष सिफारिस गरिएको हो।
आयोगकी प्रवक्ता रामप्यारी सुनुवारका अनुसार जिल्ला न्यायाधीशमा आन्तरिक खुलाबाट ११, खुलाबाट छ, महिला एक र आदिवासी जनजाति दुई जना छानिएका छन् । लिखित परीक्षा उत्तीर्ण गरेर अन्तर्वार्ताका लागि २७ जना छनोट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण